कला

सन्‌ २०२४ लाई फर्केर हेर्दा साउथ सिनेमा : मलयालम फिल्म उद्योगमा ७ सय करोड घाटा

इकागज |
पुस १६, २०८१ मंगलबार ११:१८ बजे

हैदाराबाद- वर्षैपिच्छे कमाई र हिट फिल्मका कारण साउथ सिनेमाले बलिउडलाई ओझेलमा पारेको छ ।

दक्षिण सिनेमामा टोलिउड (तेलुगु), कोलिउड (तमिल), चन्दन (कन्नड) र मलयालम सिनेमाले प्रत्येक वर्ष आफ्ना फिल्महरूबाट धमाका सिर्जना गरिरहेका पनि छन् । अहिले तेलुगुको ‘पुष्पाः २ द रुल’ र मलयालम सिनेमाको एक्सन थ्रिलर फिल्म ‘मार्को’ले बक्स अफिसमा राज गरिरहेका छन् ।


यसैबीच सन् २०२४ मलयालम सिनेमाका लागि ठूलो घाटाको वर्ष भएको खबर आएको छ । चालु आर्थिक वर्षमा करिब १९९ फिल्म रिलिज भएका थिए, जसमध्ये २६ फिल्म मात्रै बक्स अफिसमा हिट हुन् सफल भएका छन् । केरला चलचित्र निर्माता संघले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । 

विज्ञप्तिमा भनिएको छ 'सन् २०२४ मा मलयालम सिनेमाबाट १९९ फिल्म रिलिज भएका छन्, जसमध्ये २६ फिल्म मात्रै सफल भएका छन् । यी सबै फिल्मको कुल लागत १००० करोड रुपैयाँ थियो र रिटर्न मात्र ३०० करोड हुन पुगेको छ ।

उसका अनुसार योसँगै मलायालम सिनेमा उद्योगले यो वर्ष ७०० करोडको ठूलो घाटा बेहोरेको छ । निर्माण पक्षले चलचित्रको लागत र कलाकारको चर्को पारिश्रमिक नै घाटाको प्रमुख कारण रहेको बताएको छ । 

तर सन् २०२४ मा मलयालम सिनेमाबाट १०० करोड र ५० करोड कमाउने फिल्महरू पनि रहेका छन् । सुपरस्टार मोहनलालको कुन फिल्मले दर्शकलाई निराश बनायो भन्ने पनि थाहा यस तथ्यांकबाट थाहा हुनेछ ।

सय करोड क्लबमा प्रवेश गर्ने चलचित्रहरू कमै रहे । सन् २०२४ मा केही मलायालमहरू मात्र १०० करोडको क्लबमा प्रवेश गरेका छन् । १०० करोड कमाउने फिल्ममा अवेशम, मन्जुमेल ब्वाइज, आदुजीवतम, प्रेमलु र एआरएम पर्छन् ।

यो वर्ष सबैभन्दा धेरै कमाउने फिल्म मञ्जुमेल ब्वाइज हो, जसले २४२ करोड कमाएको छ । योसँगै ५० करोड कमाउने फिल्ममा काण्डम, किष्किंदा, वर्षङ्गल्कु शेषम र गुरुवायुयार अम्बालानादयिल रहेका छन् ।

धेरै मलयालम चलचित्रहरू चालू वर्षमा पुनः रिलिज भएका थिए, जसमा मनचित्रान्थाझु र वेलियाट्टन पनि समावेश थिए । योसँगै मलयालम सुपरस्टार मोहन लालको फिल्म बरोज पनि फ्लप साबित भएको छ र जसका कारण सुपरस्टारका फ्यानहरू निकै निराश भएका छन् । योसँगै केरला फिल्म प्रोड्युसर एसोसिएसनले पनि यसप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म धेरै राम्रा फिल्म बनाउन निर्माताहरूलाई आग्रह गरेको छ ।


Author

थप समाचार
x