कला

१७ जनवरीमा रिलिज हुने कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाई क्षति पुर्‍याउँछ ?

इकागज |
पुस १९, २०८१ शुक्रबार १२:३८ बजे

मुम्बई- भारतमा २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म संकटकाल लगाइएको थियो । जसलाई भारतको इतिहासको कालो अध्यायको रूपमा हेरिँदै आएको छ । यो त्यो समय थियो, जब लोकतन्त्र निलम्बन गरिएको थियो, मौलिक अधिकारहरू कुण्ठित भएको थियो र राष्ट्रले अभूतपूर्व संवैधानिक संकटको सामना गर्नु परेको थियो ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संविधानको धारा ३५२ अन्तर्गत राष्ट्रिय संकटकाल लगाएकी थिइन् । अहिले संकटकाल घोषणा भएको ५० वर्ष पूरा भएको छ । यो भारतीय इतिहासको सबैभन्दा विवादास्पद अध्याय मध्य एक मानिन्छ ।


सोही घटनामा आधारित भएर भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री कंगना रनौतको मुख्य भूमिका रहेको फिल्म ‘इमर्जेन्सी’ सो घटना भएको ५० वर्ष पूरा भएको अवसरमा रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले सो फिल्म १७ जनवरी २०२५ मा रिलिज हुने जनाएको छ, यो फिल्मले संकटकालको कथा बताउँछ । फिल्ममा देशको आन्तरिक अवस्था त्यो बेला कसरी बिग्रँदै गएको थियो, त्यसलाई देखाइएको छ ।

यो स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा विवादास्पद र अलोकतान्त्रिक अवधि थियो । आपतकालिन समयमा चुनाव स्थगित गरियो र नागरिक अधिकार समाप्त गरियो र मनमानी कारबाही गरियो । जयप्रकाश नारायणले यसलाई भारतीय इतिहासको सबैभन्दा कालो अवधि भनेका थिए ।

फिल्ममा अनुपम खेर जयप्रकाश नारायणको भूमिकामा श्रेयस तलपदे अटल बिहारी बाजपेयीको भूमिकामा र मिलिन्द सोमन फिल्ड मार्शल साम मानेकशको भूमिकामा देखिनेछन् । चलचित्रमा संगीत सञ्चित बलहारा र जीभी प्रकाश कुमारले दिएका छन् । पटकथा रितेश शाहले लेखेका हुन् । यो फिल्म रिलिज भएपछि कांग्रेस आइलाई थप क्षति पुर्‍याउने अड्‌कलबाजी गरिएको छ ।


Author

थप समाचार
x