हनि सिंहको कन्सर्टको टिकट १० मिनेटमै सबै बिक्री
मुम्बई- सन् २०२४ मा भारतमा धेरै कन्सर्टहरू भएका थिए, जसमध्ये सबैभन्दा लोकप्रिय पञ्जाबी गायक दिलजित दोसांझको ‘डिलुमिनाटी इन्डिया टुर’ बढी चर्चामा रहन गयो । दिलजितपछि करण औजला, एपी ढिल्लनजस्ता धेरै कलाकारहरू देशभर घुम्न पुगेका थिए । अब यसैमा एउटा विशेष नाम थपिएको छ, हनी सिंहको ।
गायक तथा र्यापर हनी सिंह निकै चर्चित नाम हुन्, उनी लामो समयदेखि गायब थिए तर अहिले उनले बलियो कमब्याक गरिरहेका छन् । हनी सिंह छिट्टै भारत भ्रमणमा निस्कदैछन् । हालै उनले सामाजिक सञ्जाल पोष्टमार्फत आफू भारत भ्रमणमा निस्कन लागेको बताएका छन् ।
हनी सिंहले फेब्रुअरीदेखि आफ्नो ‘मिलियनेयर टुर’ सुरु गर्ने जनाएका थिए । जसअनुसार उनले भारतका १० सहरमा आफ्नो प्रस्तुति दिनेछन् । यस कन्सर्टको टिकटहरू जनवरी ११ बाट बिक्रीका लागि खोलिएको थियो । तर इन्डिया टुडेका अनुसार सबै टिकटहरू १० मिनेटमा बिक्री हुन पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।
इन्डिया टुडेका अनुसार जोमाटोको डिस्ट्रिक्ट एपमार्फत शोको टिकट बिक्री गरिएको थियो । जसमा दर्शकको माग बढ्दै गएपछि मूल्य बढाइएको थियो । १ हजार ४ सय ९९ रुपैयाँको टिकट दरलाई बढाएर २ हजार ५ सय रुपैयाँ र ६ हजार ५ सय रुपैयाँको टिकटको मूल्य ८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो तर पनि सबै टिकट एकैछिनमा बिक्री भयो ।
हनी सिंहको भ्रमणको पहिलो गन्तव्य मुम्बई हुनेछ । यसपछि उनीहरू अन्य सहरमा जानेछन् । २२ फेब्रुअरीबाट सुरु हुने ‘द मिलियनेयर टुर’ अप्रिल ५ सम्म चल्ने र्यापर आफैले आफ्नो आधिकारिक सोसल मिडिया एकाउन्टमार्फत जानकारी दिएका छन् ।
हनी सिंहको भ्रमणका सहरहरूको बारेमा कुरा गर्दा २२ फेब्रुअरीमा मुम्बईबाट सुरु हुनेछ, त्यसपछि गायक २८ फेब्रुअरीमा लखनउमा हुनेछन् । हनी सिंहले मार्च १ मा आफ्नो शहर दिल्लीमा प्रदर्शन गर्नेछन्, त्यसपछि मात्रै उनी इन्दौर जानेछन्, जहाँ उनको शो ८ मार्चमा हुन लागेको छ । थप शोहरू भने मार्च ४ मा पुणे, मार्च १५ मा अहमदावाद, मार्च २२ मा बेंगलुरु, २३ मार्च चंडीगढ़ र २९ मार्चमा जयपुरमा प्रदर्शन गर्नेछन् ।
अन्तिम दिनमा भने उनको कन्सर्ट कोलकातामा समाप्त हुनेछ, जुन अप्रिल ५ मा हुन लागेको छ । टूरको घोषणासँगै हनी सिंहले कथा पनि सेयर गरेका छन्, जसमा उनले लेखेका छन्, ‘शान्त हुनु कुनै पनि आवाजको अन्त्य होइन, यो यसको सुरुवात हो । यो त्यो ठाउँ हो, जहाँ जीवन आफै सुन्न रोकिन्छ । त्यसैले म धेरै वर्ष चुपचाप बसेँ । अब तपाईंले मलाई जताततै सुन्नुहुनेछ, हरहर महादेव ।’
यो भ्रमण हनी सिंहको पहिलो भारत भ्रमण हो । हालै हनी सिंहको डकुमेन्ट्री पनि रिलिज भएको थियो, जसको नाम ‘हनी सिंहः फेमस’ थियो, जुन नेटफ्लिक्समा रिलिज भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया