कला

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

इकागज |
मंसिर १५, २०७७ सोमबार ११:२५ बजे

काठमाडौं: स्व. पत्रकार पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’सार्वजनिक भएको छ । उक्त यात्रा स्मरणमा श्रेष्ठले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरू समेटेका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई समेत तुलनात्मक विश्लेषण गरी प्रस्तुत गरिएको छ । 


नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरू बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री रहेको प्रकाशकको दाबी छ ।  पुस्तकमा सञ्चारविद् प्रा. पी. खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरूले पनि पुष्करलालका बारेमा आफ्ना स्मृति अंश प्रस्तुत गरेका छन् । 
पुस्तकको मूल्य हार्डकभरमा रु. १,२५० र पेपर ब्याकको मूल्य रु. ७०० रहेको छ ।  



Author

थप समाचार
x