आक्रमणकारीले सैफअलीसँग मागेका थिए एक करोड
मुम्बई- बिहीबार बिहान बलिउड उद्योगमा एक स्तब्ध खबरसँग सुरु भयो ।
चर्चित अभिनेता सैफ अली खानलाई उनको घरमा प्रवेश गर्ने व्यक्तिले चक्कु प्रहार गरेको खबर बाहिरिए पछि बलिउड स्तब्ध भयो । भारतीय मिडियाका अनुसार आक्रमणकारीले सैफ अली खानसँग १ करोड रुपैयाँ मागेका थिए तर उनले दिन इन्कार गरे ।
त्यसपछि अभियुक्तले छुरा प्रहार गरेका थिए । यस हमलामा सैफ गम्भीर घाइते भएका छन् । आरोपीले सैफको पीठ, हात, घाँटी र खुट्टामा जम्मा ६ स्थानमा पटक पटक आक्रमण गरेका थिए । सैफको परिवार, पत्नी करीना कपुर खान, दुवै छोरा तैमुर अली खान र जहाँगीर अली खान सबै सकुशल छन् ।
आक्रमणको समयमा अभिनेताका जेठा छोरा इब्राहिम अली खान अपार्टमेन्टमा उपस्थित थिए । उनले तत्कालै घाइते बुवालाई लीलावती अस्पताल लगेका हुन् । डाक्टरहरूले सैफ अली खानको दुईवटा शल्यक्रिया गरेको जनाएका छन । हाल उनी खतरामुक्त रहेको बताइएको छ ।
यसैबीच मुम्बई पुलिस र अपराध शाखा टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ । आक्रमणकारीको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनलाई पक्राउ गर्न प्रहरीले छापा मारिरहेको छ । समाचार अनुसार ती आक्रमणकारी बिहान १ बजेदेखि २ बजेको बीचमा सैफ–करिनाको घरमा सिँढीबाट प्रवेश गरेका थिए, सुरूमा आक्रमणकारी सैफका छोराछोरी तैमुर–जेहको कोठामा प्रवेश गरेका थिए ।
प्रहरीका अनुसार जब आक्रमणकारी तैमुर– जेहको कोठामा प्रवेश गरे, त्यहाँ घरकी अरियामा फिलिप उर्फ लिमा उपस्थित थिइन । घरेलु कामदारका अनुसार अभियुक्तले उनीहरुलाई समातेको थियो । यो देखेर घरका अरू कामदार चिच्याए । आवाज सुनेर सैफ तुरुन्तै आफ्ना छोराछोरीको स्वास्थ्य जाँच गर्न कोठामा पुगेका मात्र थिए, उनी माथी आक्रामण सुरू भएको थियो । सैफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनको अगाडि चक्कु निकाले ।
जब अभिनेताले आक्रमणकारीलाई सोधे कि- तिमी के चाहन्छौं ? आरोपितले सैफसँग पैसा मागे ।
सैफले सोधे- ‘कति चाहियो ?’
अभियुक्तले जवाफमा भने- ‘एक करोड रुपैयाँ ।’
त्यही बेला घरका कामदार पनि त्यहाँ पुगे । आक्रमणकारीले आफू पक्राउ पर्न सक्ने महसुस गरेपछि उनले सैफमाथि चक्कु प्रहार गरेका थिए । सैफमाथि राति २:३० बजे हमला भएको थियो । अभिनेताले प्रहरीसमक्ष बयान दिएको बयानमा भनिएको छ ।
सैफ अली खान र करीना कपूर खान आफ्ना छोराहरूसँग मुम्बईको बान्द्राको खारमा रहेको सतगुरु शरण अपार्टमेन्टमा बस्छन् । उनको घर यस भवनको १२ औं तलामा छ । जेहको जन्म हुनु अघि सैफ र करीना बान्द्राको फर्च्युन हाइट्समा बस्दै आएका थिए । यहाँ उनले ११ वर्ष बिताए । जेहको जन्मपछि परिवार सतगुरु शरण अपार्टमेन्टमा सरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया