कला

कुम्भः करण अर्जुनकी हिरोइनले गरिन आफ्नै पीण्डदान, बनिन् महामण्डेलश्वर

इकागज |
माघ १२, २०८१ शनिबार ९:३८ बजे

मुम्बई- कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी अहिले किन्नर अखाडाकी महामंडलेश्वर बनेकी छिन् ।

उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भमा ममता कुलकर्णी शुक्रबार किन्नर अखाडाकी महामंडलेश्वर बनेकी हुन् । सो अघि उनले संगममा आफ्नो पिण्ड दान दिएकी थिइन् ।


त्यसपछि उनको पट्टाभिषेक सो अखाडामा नै भयो । ममताले लामो समयअघि नै चलचित्र क्षेत्रवाट अवकाश लिएकी थिइन् । उनी साध्वीको जीवन बिताउँदै आएकी थिइन् । हालै मात्र उनी २४ वर्षपछि भारत फर्किएकी थिइन ।  किन्नर अखाडाका महामंडलेश्वर बने पछि उनले नयाँ नाम पनि राखेकी छिन् । अब उनी ममता कुलकर्णीवाट ‘ममता नन्द गिरी’को नामले चिनिने भएकी छिन् ।

यो किन्नर अखाडा सन २०१५ मा स्थापित, एक हिन्दू धार्मिक संस्थाको हो, जसको मुख्य उद्देश्य ट्रान्सजेन्डर समुदायलाई आध्यात्मिक र सामाजिक क्षेत्रमा समानता र मान्यता प्रदान गर्नु हो। अहिले ममता कुलकर्णीलाई महामंडलेश्वरमा नियुक्त गरेर आखाडाले आफ्नो सन्देश र प्रभावलाई थप फैलाउन खोजिरहेको छ ।

सो क्रममा किन्नर अखाडाका आचार्य महामंडलेश्वर लक्ष्मी नारायणले ममता नन्द गिरीलाई स्वागत गरेका थिए । उनले किन्नर अखाडाले पूर्व बलिउड अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वर बनाएको जानकारी दिए ।  उनका अनुसार अब नाम ‘श्री यमाई ममता नन्द गिरी’ राखिएको छ । उनका अनुसार अभिनेत्री  विगत डेढ वर्षदेखि किन्नर अखाडा र गुरूसँग सम्पर्कमा रहदै आएकी थिइन । ‘यदि उनी चाहन्छिन् भने, उनले कुनै पनि धार्मिक चरित्रका चरित्र अझै पनि खेल्न सक्छिन् किनभने हामी कसैलाई उनीहरूको कला प्रदर्शन गर्नबाट रोक्दैनौं,’ लक्ष्मीनारायणले भारतीय मिडियासँग भने । 

यसअघि ममता कुलकर्णीले महाकुंभमा आउनु र यहाँको भव्यता हेर्नु आफ्नो लागि निकै यादगार पल भएको बताएकी थिइन् । ममताले भनिन्, ‘यो मेरो सौभाग्य हुनेछ कि महाकुम्भको यो पवित्र अवधिमा म पनि साक्षी बनिरहेको छु, सन्तहरूको आशीर्वाद पाइरहेको छु।’

ममता कुलकर्णीको जन्म २० अप्रिल १९७२ मा मुम्बईमा भएको थियो । सन् १९९२ मा आएको फिल्म  ‘तिरंगा’ बाट उनले हिन्दी सिनेमामा प्रवेश गरेकी हुन,  यो फिल्ममा उनीसँगै नाना पाटेकर पनि थिए । त्यसपछि उनले आशिक,आवाराु, क्रांतिवीर, वक्त हमारा है, सबसे बडा खिलाडी र करण अर्जुनजस्ता धेरै हिट फिल्महरूमा काम गरेकी थिइन् ।


Author

थप समाचार
x