ममताको महामण्डेलश्वर पदवी खोसियो, अखडावालाहरू विवादमा
प्रयागराज- बलिउड अभिनेत्री ममता कुलकर्णीको महामण्डलेश्वर पदवी खोसिएको छ ।
केही दिनअघि मात्रै महामण्डलेश्वर घोषणा भएकी कुलकर्णीको सो पद खोसिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
किन्नर अखाडाका संस्थापक ऋषि अजय दासले ठूलो दाबी गरेका छन् । उनले भने, ‘मैले लक्ष्मीनारायण त्रिपाठी र अभिनेत्री ममता कुलकर्णीलाई महामंडलेश्वरको पदबाट हटाएको छु ।’
‘देशद्रोहको अभियोगमा परेकी ममतालाई महामंडलेश्वरलाई बनाउन कुनै कार्यविधि अपनाइएको छैन । उनलाई महामंडलेश्वर कसरी बनाइन्छ ?’ भन्दै उनले कुलकर्णीको सो पदवी खोसेको दावी गरेका छन् ।
दासले यो पनि भने, ‘यो बिग बोस शो होइन, जुन कुम्भको समयमा एक महिना चलाउन सकिन्छ। किन्नर समुदायको उत्थान र धर्म प्रचारका लागि मैले लक्ष्मीनारायण त्रिपाठीलाई आचार्य महामंडलेश्वर बनाएको थिए तर उनी बहकिए । यस्तो अवस्थामा मैले कदम चाल्नुपर्ने अवस्था आयो ।’
महामंडलेश्वर लक्ष्मीनारायण त्रिपाठीले भने अजय दासको दाबी अस्वीकार गरेका छन् । उनले भने, ‘मलाई मैदानबाट निकाल्ने को हुन ? २०१७ मा मा अजय दासलाई किन्नर अखाडाबाट निष्कासित गरिएको थियो, उनले व्यक्तिगत स्वार्थका लागि यस्तो भनेका हुन् ।’
अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले हामी लक्ष्मीनारायण त्रिपाठीको साथमा रहेको बताएका छन् । ‘को हुन् अजय दास ? हामी तिनीहरूलाई चिन्दैनौं।’
जुना अखाडाले सम्झौतामा किन्नर अखाडालाई सम्बोधन गरेको अजय दासले बताए । यसको मतलब उनले किन्नर अखाडालाई १४ औं अखाडाको रूपमा स्वीकार गरेका छन्। यसको अर्थ सनातन धर्ममा १३ वटा होइन १४ वटा अखाडाहरू मान्य छन् । यो सम्झौताले प्रमाणित गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया