अन्ततः तब्बु पनि भित्रिइन् 'हेरा फेरी ३' मा
![](https://ekagajcdn.prixacdn.net/media/albums/heraferi_Sw9ZzZbXau.jpg)
काठमाडौँ- बलिउड अभिनेत्री तब्बु फिल्म हेरा फेरी ३ मा पनि देखिने भएकी छिन् ।
अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गरेकी छिन्, जसमा उनले लेखेकी छिन् कि उनी बिना फिल्म अधुरो छ । अब तब्बुको यो पोष्ट हेरेर फ्यानले नायिका पनि हेरा फेरीः ३ को हिस्सा बन्ने अनुमान गरेका छन् र यसैमार्फत उनले संकेत पनि दिएकी छिन् ।
वास्तवमा तब्बुले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गरेकी छिन्, जसमा अक्षय कुमार र निर्देशक प्रियदर्शन देखिएका छन् । यसको क्याप्शनमा उनले लेखेका छन्, ‘म बिना कलाकारिता पूरा हुन सम्भव छैन ।’ उनले निर्देशक प्रियदर्शनलाई पनि ट्याग गरेका छन् ।
तब्बुको यो पोष्टपछि फ्यानहरुले ‘हेरा फेरी ३’ मा पुराना स्टारहरुको रि–युनियन हुन सक्छ भन्ने आशा गरेका छन् । तब्बु ‘हेरा फेरी’को पहिलो भागमा देखिएकी थिइन् । यसमा उनले सुनील शेट्टीकी प्रेमिकाको भूमिका निभाएकी थिइन । सन् २००० मा रिलिज भएको यो फिल्मलाई प्रियदर्शनले निर्देशन गरेका थिए ।
यसपछि सन् २००६ मा यस फिल्मको दोस्रो भाग आयो, जसलाई नीरज वोराले निर्देशन गरेका थिए । यद्यपि तब्बु यो फिल्ममा देखिइनन् । हालै निर्देशक प्रियदर्शनले आफ्नो जन्मदिनमा फिल्म हेरा फेरी ३ को घोषणा गरेका थिए ।
आफ्नो एउटा पोस्टमा उनले परेश रावल, अक्षय कुमार र सुनिल शेट्टीलाई ट्याग गरेका छन् । चलचित्रको छायांकन यसै वर्ष सम्पन्न हुने बताइएको छ । जबकि, सन् २०२६ मा रिलिज हुने तय भएको छ । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया