कला

कान्समा म्याट डेमनको खुलासा : ‘अवतार’ फिल्म मात्र होइन १० प्रतिशत नाफा पनि इन्कार गरेँ

इकागज |
असार २६, २०७८ शनिबार १३:६ बजे

कान्स :  म्याट डेमन यतिबेला कान्समा छन् । यहाँ उनको फिल्म ‘स्टिलवाटर’को वल्र्ड प्रिमियर गरिएको थियो र डेडलाइनका अनुसार फिल्मले ५ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ पायो जुन देखेर म्याट डेमनले आफ्ना आँशु लुकाउन सकेनन् ।

म्याट डेमन रोएको भिडियो यतिबेला सामाजिक सञ्जालमा व्यापक बनेको छ । यो फिल्मको चर्चा त उनले गर्ने नै भए, तर उनले कान्समा आफूले खेल्न छुटाएको फिल्म ‘अवतार’को बारेमा पनि पहिलो चोटि मुख खोलेका छन् । 


उनले दर्शकसँगको अन्तक्र्रियाका क्रममा जेम्स क्यामरुनले आफूलाई ‘अवतार’ खेल्न आग्रह गरेको र आफूले आनाकानी गर्दा नाफाको १० प्रतिशत दिने वाचा गरेकोसमेत बताएका छन् ।

म्याटले नाइँ भनेको यो फिल्म इतिहासमै सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो जसको रेकर्ड एक वर्षअघि मात्र ‘एभेन्जर एन्डगेम’ले मात्र तोडेको थियो । म्याटले यसको चर्चा गर्दै भनेका छन्, ‘ मलाई जेम्स क्यामरुनले एउटा अवतार नामको सानो फिल्म अफर गरेका थिए र नाफाको १० प्रतिशत पनि दिने बताएका थिए । यदि तपाईंले इतिहास हेर्नुभयो भने कोही यस्तो कलाकार भेट्नु हुन्न जसले यति धेरै पैसा इन्कार गरेको होस् ।’

म्याटका अनुसार ‘बर्न’फ्रेन्चाइसप्रतिको प्रतिबद्धताका कारण उनले यो जेम्स क्यामरुनलाई सरी भनेका थिए र पछि यो भूमिका जोन क्रिसिन्कीले निर्वाह गरेका थिए । जोनले पछि म्याटसँग भेट हुँदा म्याटसँग कुरा गर्ने मौका पाउनुबाहेक उनले यो फिल्म छाड्दा केही फरक नपरेको भन्दै मजाक गरेको पनि स्मरण गरेका थिए । ‘स्टिलवाटर’मा म्याटले छोरीको जीवन रक्षाका लागि संघर्ष गर्ने पिताको भूमिका निर्वाह गरेको बताइएको छ । 


Author

थप समाचार
x