‘छावा’ले केही घण्टामै तोड्यो भारतीय ७ फिल्मको रेकर्ड
![](https://ekagajcdn.prixacdn.net/media/albums/chhawa_bZewAfTO2Z.jpg)
मुम्बई- विक्की कौशल अभिनित बहुप्रतिक्षित चलचित्र छावा हिजो भ्यालेन्टाइन डेको अवसरमा हलमा रिलिज भएको थियो ।
फिल्म हेरेका फ्यानहरुको अधिरता समाप्त भएपछि अहिलेसम्म फिल्म हेर्न नपाउने फ्यानहरुको अधीरता बढेको छ किनभने धेरैजसो समीक्षकले फिल्मलाई निकै राम्रो भनेका छन् ।
अब यही कारणले ओपनिङ डे कलेक्सनका हिसाबले पनि फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने यो वर्ष रिलिज भएका सबै बलिउड फिल्म फ्लप भएका छन् । यस्तो अवस्थामा छावाको ओपनिङ डे कलेक्सन हेर्दा यो वर्षको बलिउडको पहिलो ब्लकबस्टर फिल्म बन्न सक्ने देखिएको छ ।
लक्ष्मण उतेकर निर्देशित यस चलचित्रको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक बाहिर आएको छ र चलचित्रले बक्स अफिसमा आफ्नो बलियो पकड देखाएको छ । सकनिल्कमा उपलब्ध तथ्यांक अनुसार फिल्मले ३०-३२ करोड कमाएको जनाएको छ । तर, यी तथ्यांकहरू अन्तिम भने होइनन् ।
छावाले पहिलो दिनको कमाइले ७ फिल्मको कीर्तिमान तोडेको छ । यस वर्षको सुरुमा इमर्जेन्सी र आजाद रिलिज भएका थिए । जसको पहिलो दिन २.५ करोड र १.५ करोडको ओपनिङ थियो । यसपछि स्काई फोर्सको ओपनिङ डे कलेक्सन १२.२५ करोड र देवाको ५.५ करोड थियो । लभ्यापा र ब्याडअस रविकुमारको ओपनिङ डे कलेक्सनको बारेमा कुरा गर्दा १.२५ करोड र २.७५ करोड थियो। साउथमा नागा चैतन्यको फिल्म ‘ठण्डेल’ले पनि ओपनिङ डेमा ११.५ करोड कमाएको थियो ।
अब यी सबै फिल्मको ओपनिङ डे कलेक्सन हेर्दा छावाले रिलिज भएको केही घण्टामै सबैलाई पछाडि पारेको प्रष्ट हुन्छ । र अब अजित कुमारको ‘विदमुयार्ची’ को २६ करोडको ओपनिङ डे कलेक्सन पनि सुरक्षित नहुने अनुमान गरिएको छ । विक्की कौशलको फिल्म छावाको अग्रिम बुकिङको बारेमा कुरा गर्ने हो भने सक्कनिल्कको रिपोर्ट अनुसार फिल्मले ३०-३२करोड कमाइसकेको छ ।
छावालाई लक्ष्मण उतेकरले निर्देशन गरेका हुन् । छत्रपति शिवाजी महाराजका छोरा छत्रपति संभाजी महाराजको जीवनीमा आधारित यस फिल्ममा विक्की कौशलले संभाजी महाराजको भूमिकामा देखिएका छन् ।
अक्षय खन्नाले औरंगजेबको भूमिका खेलेर प्रशंसा जितेका छन् । जहाँ रश्मिका मन्डन्ना संभाजीकी पत्नीको भूमिकामा देखिएकी छिन् । कोइ मोईका अनुसार १३० करोडको बजेटमा बनेको यस फिल्ममा विनीतकुमार सिंह र आशुतोष राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया