जोन अब्राहम र बिपाशाको ब्रेकअप ‘बिल्लो रानी’ गीतको सुटिङको दुई दिनअघि

मुम्बई- अभिनेता जोन अब्राहम र बिपाशा बसुलाई कुनै समय बलिउडको ‘आईटी’ जोडी भनिन्थ्यो ।
तर, उनीहरुको ९ वर्ष लामो सम्बन्ध भने तितो रुपमा टुंगिएको थियो । अहिले दुवै जना आ–आफ्ना परिवारसँग खुसीसाथ अगाडि बढिरहेका छन् ।
सन् २००७ मा उनको ‘धन धना धन गोल’ नामको फिल्म आएको थियो । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन तर उनीहरुको केमेस्ट्रीलाई दर्शकले भने खुबै मन पराएका थिए । चलचित्रको ‘बिल्लो रानी...’ गीतले धेरै दिन चार्टबिटमा राज गरेको थियो । तर के तपाईलाई थाहा छ बिपाशा र जोनको यही गीतको सुटिङको २ दिन अगाडि नै भने ब्रेकअप भएको थियो । हालै सो फिल्म निर्माता विवेक रञ्जनले यसको खुलासा गरेका हुन् ।
विवेक अग्निहोत्रीले आफ्नो एक्स ह्यान्डलमा बिपाशा बसु र जोन अब्राहमको अभिनय रहेको ‘बिल्लो रानी...’ गीतको सुटिङका क्रममा सामना गर्नुपरेको चुनौतीबारे लेखेका छन् । उनले लेखेका छन्, ‘यो गीतको इतिहास छ, जो निर्माताले चाहेका नै थिएनन् ।
‘जावेद साब ‘बिल्लो रानी’ सुटिङको विरुद्धमा थिए, प्रीतम कव्वाली पनि यो शैलीमा पक्का थिएनन् किनभने जोन र बिपाशाको केही दिन अघि मात्रै ब्रेकअप भएको थियो, जसका कारण धेरै समस्या परेको थियो । तर, सरोज खानले मात्र मलाई विश्वास गरे । तिनीहरूले भने कि यो सबैभन्दा ठूलो हिट हुनेछ र यो भयो नै । प्रीतम, जावेद साहब र सरोजजीको हार्दिक सलाम।’
जोन र बिपाशाले ९ वर्ष डेट गरेका थिए । सन् २००३ मा आएको फिल्म ‘जिस्म’को सुटिङबाट उनीहरुको सम्बन्धको चर्चा सुरु भएको थियो । उनीहरु प्रायः धेरै कार्यक्रममा सँगै देखिएका थिए । तर उनीहरुको सम्बन्ध कसरी ब्रेक अप भयो, त्यसको आधिकारिक पुष्टि भने अझै भएको छैन । तर, व्यक्तिगत मतभेदका कारण यो जोडी अलग भएको बताइएको छ ।
बिपाशा बसुले २०१६ मा आफ्नो ‘अलोन’का सह–अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । हाल यी जोडी एक छोरी देवीका आमाबुवा हुन भने जोन अब्राहमले प्रिया रुन्चलसँग विवाह गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया