कला

‘टाइटानिक’लाई उछिन्दै ‘डेमन स्लेयर’ बन्यो जापानमा सर्वाधिक कमाउने दोस्रो फिल्म

इकागज |
मंसिर १५, २०७७ सोमबार १६:५२ बजे

पिरियड एक्सन एनिमेसन फिल्म ‘डेमन स्लेयर’ जापानीज बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । वितरक एनिप्लेक्सले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार फिल्मले ‘टाइटानिक’को नाममा रहेको रेकर्ड फिल्मले आफ्नो नाम गरेको हो । यसअघि सर्वाधिक कमाउने फिल्मको सूचीमा ‘टाइटानिक’ दोस्रो नम्बरमा थियो । 

गोटोजे कोयोहारुको हिट कमिकमा आधारित फिल्मले ४५ दिनमा २ सय ६४ मिलियन डलर ( ३१ अर्ब ३६ करोड) कमाइ गरेको भेराइटीले लेखेको छ । फिल्म अक्टोबर १६ मा रिलिज भएको थियो । सन् १९९७ मा रिलिज ‘टाइटानिक’ले २ सय ५१ मिलियन (२९ अर्ब ८१ करोड) कमाइ गरेको थियो  ।


जापानमा सर्वाधिक कमाउने फिल्मको सूचीको पहिलो नम्बरमा पनि एनिमेसन फिल्म नै छ । सन् २००१ मा रिलिज भएको ‘स्प्रिटेड अवे’ ले भने २ सय ९५ मिलियन डलर (३५ अर्ब) कमाइ गरेको थियो । गतहप्ता मात्र ‘डेमन स्लेयर’ले  ‘फ्रोजन’लाई पछि पार्दै तेस्रो स्थान कब्जा गरेको थियो । ‘डेमन स्लेयर’ नर्थ अमेरिकामा सन् २०२१ मा रिलिज हुने तयारीमा छ । 


Author

थप समाचार
x