कला

आफ्नै फिल्मको हिरोइनको प्रेममा टम क्रुज !

इकागज |
असार २७, २०७८ आइतबार १६:४७ बजे

लसएन्जल्स :  शनिबार भएको महिलातर्फको विम्बल्डनको फाइनल हाई प्रोफाइल रह्यो । खेल हेर्न एकसेएक सेलिब्रेटी जम्मा भएका थिए । खेल हेर्न बलिउड अभिनेत्री प्रियंका चोपडा पनि पुगेकी थिइन् भने बेलायती राजकुमार र राजकुमारी प्रिन्स विलियम र केट मिडल्टन पनि दर्शकको रुपमा प्याराफिटमा थिए । यही खेल हेर्न मिसन इम्पोसिबल जोडी टम क्रुज र हेले आटवेल पनि मैदानमा उपस्थित थिए । 

तर, अरुभन्दा पनि टम क्रुज र हेले आटवेलको उपस्थितिले धेरैलाई रोमाञ्चक बनाएको छ । किनकि मिसन इम्पोसिबलको सेटदेखि नै दुवैबीच रोमान्स पाकिरहेको खबर व्याप्त थियो । यस्तै हल्लाका बीच दुवैले विम्बल्डनको फाइनलमा एकसाथ उपस्थिति जनाएपछि रिलको प्रेम रियलमा पनि चलिरहेको शंकाले बल पाएको हो । 
फिल्म सुटिङको समयमा नै दुवै एकअर्काको नजिक रहेको बताइएको थियो ।


बेलायती पत्रिका सनले दुवैलाई विभिन्न अवसरमा हात समातेर हिँडेको समाचार छापेको थियो । तर, बीचमा यो हल्ला सामसुम थियो । शनिबार फेरि यो हल्ला सुरु भएको छ । यसअघि पेटे डेभिडसन र फोइभी  डेनेभर अनि बेनेडिक्ट कमरवाच र एडी रेडमायनेले पनि विम्बल्डनकै मैदानबाट प्रेममा रहेको जनाउ दिएका थिए । ‘मिसन इम्पोसिबल ७’को केही प्रतिशत सुटिङ बाँकी रहेको छ । 


 


Author

थप समाचार
x