निर्देशक राजामौलीमाथि नजिककै साथीले लगाए दुर्व्यवहारको आरोप

काठमाडौँ- बलिउडका चर्चित निर्देशक एसएस राजामौलीमाथि दुर्व्यवहारको आरोप लागेको छ । यी आरोपहरू निर्माता उप्पलापति श्रीनिवास रावले लगाएका हुन् । श्रीनिवासले राजामौलीमाथि आफूलाई यातना दिएको र आफ्नो जीवन बर्बाद गरेको आरोप लगाएका छन् । उनले उनी र राजामौली १९९० को दशकदेखि नै घनिष्ठ साथी रहेको समेत बनाएका छन् ।
श्रीनिवासको यो भिडियो माना स्टार्सले पोस्ट गरेको छ । भिडियोमा श्रीनिवासले भनेका छन्- 'भारतका नम्बर एक निर्देशक एसएस राजामौली र रमा राजामौली मेरो अहिलेको अवस्थाका लागि जिम्मेवार छन् । उनले यो पब्लिसिटी स्टन्ट नभएको बताउदै भिडियोसँगै प्रहरी चौकीमा एउटा पत्र पनि पठाएका छन् ।
उनले एमएम कीरावनीदेखि चन्द्रशेखर येलेती र हनु राघवपुडीसम्म, सबैलाई आफु राजामौलीसँग वर्षौंदेखि कति नजिक छु भन्ने थाहा भएको बताएका छन् ।
श्रीनिवासले भिडियोमा राजामौली र उनको एक महिलासँग 'त्रिकोणात्मक प्रेमकथा' रहेको दाबी पनि गरेका छन् । राजामौलीले आफुलाई ति महिलाको माया त्याग्न भनेको बताउदै आफु त्यसका लागि सुरुमा म तयार नभएको र पछि तिनीहरूको लागि आफु पछि हटेको समेत बाताएका छन् । उनीहरूलाई आफुले यो विषय अरुलाई भनेको ठाने आफूमाथि यातना दिन थालेको आरोप लगाएका छन् ।
श्रीनिवासले भिडियोमा भनेका छन्, हामीले २००७ मा फिल्म 'यमदोंगा' मा सँगै काम गरेका थियौं । तर त्यसपछि उसले मेरो जीवन बर्बाद भयो । जबदेखि ऊ ठूलो मान्छे भयो, उसले मलाई धेरै यातना दिएको छ । म ५५ वर्षको छु र एक्लै बस्छु ।'
श्रीनिवासले प्रहरीलाई यस विषयमा जानकारी लिन र निर्देशक विरुद्ध कारबाही गर्न पनि अपील गरेका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया