Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कला

‘फास्ट एन्ड फ्युरियस’को रेकर्डलाई पछि पार्दैै स्कारलेट जोन्सन

इकागज |
असार २८, २०७८ सोमबार १३:४४ बजे

लसएन्जल्स : स्कारलेट जोन्सनको मुख्य भूमिका रहेको फिल्म ‘ब्ल्याक विडो’ले ‘फास्ट एन्ड फ्युरियस ९’को रेकर्ड ब्रेक गरेको छ । फिल्मले महामारीका बीचमा पनि विकेन्डमा सर्वाधिक कमाइ गर्ने मामलामा ‘फास्ट एन्ड फ्युरियस ९’ को रेकर्ड तोडेको हो ।

फिल्मले विकेन्डमा मात्र ८ करोड डलर बराबर कमाई गरेको हो । ‘फास्ट एन्ड फ्युरियस ९’ले विकेन्डमा ७ करोड डलर बराबर कमाई गरेको थियो । फिल्मको कमाईमा डिज्नेको हिस्सा पनि छ । यो फिल्म हलसँगै डिज्नेको ओटीटीमा पनि रिलिज भएको हो । डिज्नेबाट मात्र फिल्मले ६ करोड डलर कमाई गरेको बताइएको छ । हल र ओटीटीमा एक साथ रिलिज भएको ‘ब्ल्याक विडो’ मार्भलको पहिला फिल्म हो । 


दुई हप्ताअघि विश्वका ४६ देशमा रिलिज भएको फिल्मले सबै देशमा कुल गरी २१ करोड डलर आम्दानी गरेको छ । फिल्मले विदेशी बजारबाट मात्र १५ करोड डलर कमाई गरेको मार्भलले जनाएको छ । तर, यसमा चीनको आँकडा भने समावेश छैन । यो फिल्म चीनमा भने रिलिज हुन बाँकी नै छ । दक्षिण कोरियामा भने यसले ८० प्रतिशत अकुपेन्सीका साथ उत्साहजनक व्यापार गरेको तथ्यांक छ । 

‘फास्ट एन्ड फ्युरियस’ र ‘ब्ल्याक विडो’ले सुस्त रहेको हलको व्यापारलाई तरंगित बनाएको छ । हलका दिन सकिन लागे भन्ने चिन्ताका बीच यी दुई फिल्मले गरेको व्यापारले दर्शक अझ पनि हलमा फिल्म हेर्न लालायित छन् भन्ने पुष्टि गरेको समीक्षकको विश्लेषण छ । 


Author

थप समाचार
x