अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालय काठमाडौँमा
काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नेपालमा सम्पर्क सचिवालयको स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वभर दर्जनौ मूलुकमा छरिएको छ । जसको आजीवन सदस्य सङ्ख्या दुई हजार दुई सयभन्दा बढी भएको बताइन्छ ।
काठमाडौँस्थित पुतलीसडक नजिकै रहेको उक्त सचिवालयले डायस्पोरा अध्यायन केन्द्र पनि सञ्चालन गर्ने भएको छ । केन्द्रले विदेशमाबसेर लेखिएका नेपाली भाषाका साहित्यको खोज, अनुसन्धान एवं प्रकाशनको वातावरण तयार पार्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालय खोल्न केही वर्षदेखि लागिपरेका अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नोकार्यकालमा उक्त काम भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । कुराकानीको क्रममा पौडेलले भने, ‘हामी अधिकांश आजीवनसदस्यहरु नेपालमै जरा गाडिएका साहित्यकारहरू छौँ । संसारको जुनसुकै कुनामा भए पनि दुई चार वर्षमा नेपाल पुगेकै हुन्छौँ । तरनेपालमा आफ्नो औपचारिक सम्पर्क कार्यालय नहुँदा संस्था ठूलो भए पनि यसले धेरैखालको अप्ठ्यारो बेहोर्नुपरेको थियो । अब तीसमस्या समाधान हुने भएका छन् ।’
पौडेलका अनुसार केन्द्रीय सचिवालयमा कर्मचारीसहितको हेल्प डेस्क, डायस्पोरा डेस्क एवं समन्वय समिति रहनेछ । जसले केन्द्र रच्याप्टरका गतिविधिहरुलाई विधिसंवत ढङ्गले व्यवस्थापन गर्ने छ । साथै डायस्पोरिक साहित्य अध्ययन गर्नेहरुका लागि सुविधा पनिप्रदान गर्नेछ ।
त्रिभुवन विश्वविद्यालयले आफ्ना पाठ्यक्रमहरुमा डायस्पोरिक लेखनलाई पाठ्यक्रममा पनि समावेश गरेका कारण पनि अन्तर्राष्ट्रियनेपाली साहित्य समाजले डायस्पोरिक लेखनको महत्त्व बढेको भन्दै त्यसको डेस्क स्थापना गरेको जनाएको छ ।
भानु जयन्तीका अवसरमा सचिवालयको उद्घाटन गर्दै प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको केन्द्रीय कार्यालय एवं डायस्पोरा डेस्क स्थापना हुनुले नेपाली माटोसँग विश्वभर छरिएर रहेका साहित्यकारलाई नेपालसँग अझैनजिक जोडेको बताए । नेपाली भाषा र साहित्यमा अहोरात्र खटिरहेको संस्थाले पृथ्वीको पूर्वी कुनादेखि पश्चिमी कुनासम्मजोडेको मात्र होइन, नेपाली साहित्यलाई सतत् अघि बढाइरहेकोमा प्रशंसा गरे ।
अनेसासको सचिवालयले केन्द्र र च्याप्टरबीचको समन्वय, केन्द्र र ट्रस्टीबीचको अभिलेखीकरण, सूचना र समाचारको सम्प्रेषण तथाआजीवन सदस्यहरुको व्यवस्थित समन्यव गर्ने जनाएको छ ।
कार्यालय उद्घाटनका क्रममा निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले सचिवालय व्यवस्थितरूपमा खुलेकोमा खुसी व्यक्त गरे । उनले यसको लागि व्यवस्थित प्रयास गर्ने नयाँ कार्यसमितिको कार्यप्रति पनि सन्तोष व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार एवं संस्थाका बोर्ड अफ ट्रस्टीका सदस्य महेश पौड्यालले संस्था खुलेको ३० वर्षसम्म व्यवस्थित कार्यालयनहुँदा भएका अप्ठ्याराहरु अब हटेर जानेमा खुसी व्यक्त गरे । उनले कार्यालय खुल्दा यसका शुभचिन्तक निकै खुसी भएको भन्दैथप अध्यायन र अनुसन्धानमा टेवा पुर्याउने हेतुले डायस्पोरा अध्यायन केन्द्र स्थापना गरेको जनाएको छ ।
त्यस्तै बोर्ड अफ ट्रष्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले कार्यालय स्थापनापछि संस्थाले अझै गति लिनेमा विश्वास व्यक्त गरे । उनले थप्नु भयो शुरुवात भन्दा निरन्तरता अझै महत्त्वपूर्ण कुरा हो ।
जापानबाट प्रविधिमार्फत जोडिएका प्रकाश पौडेल माइलाले सबैको सहयोगमा अनेसासको सचिवालय एवं डायस्पोरा अध्यायन केन्द्रखुलेकोमा सम्बन्धित सबैमा आभार व्यक्त गरे । कार्यक्रममा बोर्ड अफ ट्रस्टीको शुभकामना सन्देश सुमन वर्षाद्वारा पढेर सुनाइएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले राख्नु थियो भने कार्यक्रमको सञ्चालन नेपालच्याप्टरका महासचिव ऋषभदेव घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीकोसभापतित्त्वमा भएको कार्यक्रममा रन्जना निरौला, शान्ता बस्नेत, शान्ती रिसाल, सुमन वर्षाले रामायण बाचन गरेका थिए । सचिवालय आजैदेखि सञ्चालमा आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया