‘फिल्म निर्यातका लागि पहल गर्छु’
नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न चुनावमा एसोसियटबाट सदस्य पदमा विजेता आकाश अधिकारीले अबको दुई वर्ष नेपाली फिल्म क्षेत्रलाई अन्य क्षेत्रकाउद्योगीसँग जोड्नमा खर्चने बताएका छन् । निर्माता संघमा भएको सम्मान कार्यक्रममा बोल्दै उनले उद्योग वाणिज्य संघले उत्पादन र निर्यात प्रवद्र्धनका लागि काम गर्ने जनाउँदै फिल्म पनि सांस्कृतिक उत्पादन भएकाले यसको निर्यातका लागि पनि जोड दिने बताएका छन् ।
‘ फिल्मलाई हामीले सांस्कृतिक उत्पादन मानेका छौं । यही हैसियतमा हामी उद्योग वाणिज्य महासंघको सदस्य भएका हौं । फिल्मको गुणस्तर सुधार्ने र त्यस्ता फिल्मलाई विदेशी बजारमा पुर्याउने मेरो प्रयास रहनेछ,’ अधिकारीले भने । उनले महासंघसँग मिलेर फिल्मकर्मीको सीप अभिवृद्धिका लागि पनि काम गर्ने योजना रहेको सुनाए ।
‘मैले अघिल्लो कार्यकालमा हाम्रो क्षमता अभिवृद्धिका लागि केही काम गर्नुपर्छ भनेर महासंघमा प्रस्ताव गरेको थिएँ । महासंघ सकारात्मक छ । अबको प्राथमिकतामा यो काम पनि गर्छौं’ उनले भने ।आकाश अधिकारी दोस्रो कार्यकालका लागि उद्योग वाणिज्य महासंघमा निर्वाचित भएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया