सिनेमा हल अझै नखोल्न सरकारको अनुरोध
फाइल तस्वीर
काठमाडौं : अझै सिनेमा हल नखोल्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझैं १५ दिन स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न अनुरोध गरे ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार डा. गौतमले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसाय, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुनेखालका संस्था तथा व्यवसायीहरु नखोल्न आग्रह गरे। यसका साथै सभा, सम्मेलन,भेला धर्ना घेराउ जस्ता क्रियाकलाप नगर्न उनकाे सुझाव छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया