कला

किरणकाे ‘कान्छी मट्याङ ट्याङ’

इकागज |
मंसिर १८, २०७७ बिहिवार १६:१३ बजे

काठमाडौं– किरण भुजेलको प्रस्तुतिमा नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’को म्युजिक भिडियो रिलिज भएको छ । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ । यो गीतको भिडियोमा विधान कार्कीको निर्देशन छ । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् ।

उनले निर्देशन गरेको 'नबोली नबोली' बोलको गीतको भिडियोले १ करोड बढी भ्युज पाइसकेको छ ।  भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्री, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ ।


 

 


Author

थप समाचार
x