अन्ततः अक्टोबरमा रिलिज हुने भयो जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’
लसएन्जल्स : दुई वर्षदेखि बारम्बार सरेको जेम्स बन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टु डाई’ अब भने रिलिज हुने भएको छ । मंगलबार फिल्मले नयाँ टिजर सार्वजनिक गर्दै अक्टोबरमा रिलिज हुने घोषणा गरेको हो । टिजरमा प्रदर्शन मिति भने उल्लेख गरिएको छैन । तर, पूर्व प्रकाशित मितिअनुसार यो फिल्म ८ अक्टोबरमा रिलिज हुनेछ ।
डेनियल क्रेग अन्तिम जेम्स बन्डको रुपमा रहने यो फिल्म बन्ड सिरिजको २५ औं फिल्म हो । यो फिल्मको प्रदर्शनसँगै क्रेगले यो शृंखलाबाट बिदा लिएका छन् ।
डेनियल क्रेगबाहेक फिल्ममा बेन हिवस, नाओमी ह्यारिस, एना डे आम्र्स, रमी मलेक आदि कलाकारको अभिनय रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया