कला

मर्लिन मुनरोको बायोपिक ‘ब्लोन्ड’ यो साल प्रदर्शन नहुने

इकागज |
साउन १४, २०७८ बिहीबार १२:४१ बजे

लसएन्जल्स : सन् २०२१ मा रिलिज हुने भनेर चर्चामा रहेको मर्लिन मुनरोको बायोपिक यो साल प्रदर्शन नहुने भएको छ । नेटफ्लिक्सले प्रदर्शनका लागि तयार भएको यो फिल्मलाई अर्को सालका लागि सारेको छ । 

नेटफ्लिक्सले यही महिना सकिएको कान्समा यो फिल्मको वल्र्ड प्रिमियर गर्न चाहेको थियो । तर, कान्सले नेटफ्लिक्समा रिलिज हुने फिल्मलाई फेस्टिभलमा ठाउँ नदिने नीति अनुरुप यो फिल्म प्रिमियर गर्न मानेन । तर, फेस्टिभल निर्देशकले आफूले यो फिल्म हेरेको र रोचक रहेको बताएका थिए । 


कान्सका फेस्टिभल निर्देशकको यो घोेषणासँगै फिल्म यही साल रिलिज हुने र आउँदो सालको अस्करमा यसको दाबेदारी बलियो रहने टिप्पणी पनि हुने गरेको थियो । तर, नेटफ्लिक्सले प्रदर्शन मिति सारेर धेरैलाई चकित तुल्याएको छ । 

एना डे आरमसले मर्लिन मुनरोको भूमिका निर्वाह गरेको यो फिल्मले मुनरोको व्यक्तिगत जीवनका विभिन्न पाटोमा केन्द्रित छ । फिल्मले खासगरी मुनरोका प्रेमी र श्रीमान्सँगको सम्बन्धका कथा प्रस्तुत गर्नेछ । 

मुनरोको जीवनी लामो समयसम्म हलिउडमा ‘हट प्रपर्टी’को रुपमा रहेको थियो । नाओमी वाट्स र जेसिका च्यासटेन आदि अभिनेत्री पनि मुनरो बन्न लालायित थिए तर एना डे आरमसले बाजी मारिन् । ड्रग्ल ओभरडोजका कारण सन् १९६२ मा कलिलै उमेरमा बितेकी मुनरोको जीवनमाथि यसअघि केही सिनेमा र सिरिज बनिसकेका छन् । 


Author

थप समाचार
x