कला

पोर्न एपबाट कति कमाउँथे राज कुन्द्राले ?

इकागज |
साउन १४, २०७८ बिहीबार १५:२१ बजे

मुम्बई :  एपमार्फत पोर्न फिल्म बेच्ने आरोपमा हिरासतमा रहेका राज कुन्द्रामाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले यसरी अनुसन्धान गर्दा आर्थिक कोणबाट पनि छुटाएको छैन । उनले एपमार्फत यस्ता फिल्म बेचेर कति कमाउँथे, प्रहरीले यसको पनि खोजी गरिरहेको छ । 

हिन्दुस्तान टाइम्सले प्रहरी अनुसन्धानबाट देखिएको रकम सार्वजनिक गर्दै कुन्द्राले गत सालको अगस्टदेखि डिसेम्बरसम्मको अवधिमा एपबाट १ करोड १७ लाख भारतीय रुपैंया कमाइ गरेको बताएको छ । आफैंमा यो ठूलो रकम भने नभएको प्रहरीको निष्कर्ष छ । 


यसैबीच कुन्द्राको जमानतको उजुरीलाई अदालतले खारेज गरेको छ । बिहीबार मात्र अदालतले उनलाई जमानतमा छाड्न नमिल्ने बताएको हो । योसँगै कुन्द्राको हिरासतमा बस्ने समय लम्बिएको छ । 

उता अभिनेत्री शिल्पा सेठ्ठीले प्रहरीसँगको बयानमा कुन्द्राले पोर्न नभई इरोटिक फिल्म बेच्ने गरेको बताएकी छिन् । पोर्न र इरोटिका एकै नभएको शिल्पाको जिकिर थियो । उता प्रहरीसँग श्रीमान्को बचाऊ गरे पनि घर खानतलासीको समयमा भने शिल्पाले राज कुन्द्रासँग ‘बदनाम गराएको’ भन्दै झगडा गरेको समाचार आएका थिए । 


Author

थप समाचार
x