कला

प्रियंका, कट्रिना र आलियालाई लिएर ‘दिल चाहता है’को फिमेल भर्सन बनाउँदै फरहान अख्तर

इकागज |
साउन २६, २०७८ मंगलबार १२:१३ बजे

मुम्बई : ‘दिल चाहता है ’ प्रदर्शन भएको २० वर्षको उपलक्ष्यमा यसका निर्देशक फरहान अख्तरले यसको फिमेल भर्सन बनाउने घोषणा गरेका छन् । ‘जि ले जरा’ नाम दिइएको यो फिल्ममा प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट रहनेछन् । 

फरहानले ट्वीटरमा भिडियो सेयर गर्दै फिल्को घोषणा गरेका हुन् । उनले थप जानकारी दिने क्रममा फिल्मको सुटिङ अर्को सालबाट हुने जानकारी गराएका छन् । 
हिन्दी सिनेमामा नयाँ युग भित्र्याउने फिल्म मानिएको ‘दिल चाहता है’ २० वर्षअघि आजैका दिन प्रदर्शनमा आएको थियो । फिल्ममा आमिर खान, सैफअलि खान र अक्षय खन्नाको मुख्य भूमिका रहेको थियो । फिल्ममा डिम्पल कपाडिया र प्रीति जिन्टा पनि महत्वपूर्ण भूमिकामा थिए । 


‘डन २’ पछि निर्देशन छाडेर अभिनयमा रमाइरहेका फरहान अख्तर १० वर्षपछि निर्देशनमा फर्कन लागेका हुन् । शाहरुख खान र प्रियंका चोपडाको यो फिल्मपछि फरहान पूर्ण रुपमा अभिनयमा होमिएका थिए । भर्खरै मात्र उनको ‘तूफान’ रिलिज भएको थियो जसले राम्रो समीक्षा पाउन सकेको थिएन । 
‘दिल चाहता है’ बड्डी ड्रामा थियो भने ‘जि ले जरा’ रोड मुभी रहने बताइएको छ । 

 


Author

थप समाचार
x