Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कला

कंगनाले सकाइन् ‘धाकड’को सुटिङ

इकागज |
साउन २९, २०७८ शुक्रबार १७:६ बजे

मुम्बई :  सदा अरुलाई घोचपेच गरेका कारण समाचारमा आउने कंगना रनावत धेरै समयपछि फिल्मका कारण समाचारमा आएकी छिन् । यो समाचार हो कंगनाको पछिल्लो फिल्म ‘धाकड’को । कंगनाले स्पाई थ्रिलर विधाको यो फिल्मको सुटिङ सकाएकी छिन् । फिल्मलाई रजनिश घईले निर्देशन गरेका हुन् । 

महामारीको कारण बारम्बार रोकिएको फिल्मको सुटिङ युरोपमा सकिएको हो । निर्माण टिमले सुटिङ सकिएको उपलक्ष्यमा फिल्मको कास्ट एन्ड क्रुसँग पार्टी गरेको थियो । सो पार्टीमा कंगनाले लगाएको लुगाले पनि धेरैको ध्यान खिचेको छ ।


उनले इन्स्टामा सेयर गरेको फोटोलाई सेता लुगामा सजिएकी कंगनाको कहिलै नदेखिएको अवतार देखिएको भन्दै तारिफ भइरहेको छ । यो फिल्म यही सालको अक्टोबर १ मा रिलिज हुने चर्चा छ । यो फिल्मबाहेक कंगनाको ‘थलाइबी’ पनि प्रदर्शनका लागि तयार छ भने उनले ‘इमली’ र ‘तेजस’को पनि केही भागको सुटिङ भइसकेको छ । 


Author

थप समाचार
x