कला

हलिउडले बाइकट गरेको जोनी डेपको गुनासो

इकागज |
साउन ३२, २०७८ सोमबार १३:४६ बजे

लसएन्जल्स :  श्रीमति एम्बर हर्डसँगको विवादमा फसेका हलिउड अभिनेता जोनी डेपले आफूलाई हलिउडले बाइकट गरेको गुनासो गरेका छन् । 
उनले सन्डे टाइम्ससँग कुरा गर्दै यस्तो गुनासो गरेका हुन् । यही व्यवहारका कारण उनले आफ्नो पछिल्लो फिल्म ‘मिनामाटा’ सार्वजनिक गर्न निर्माता डराइरहेको पनि खुलासा गरेका छन् । 

उनले यही क्रममा मिडियाले आफूलाई जानाजान बहिष्कार गरेको पनि गुनासो गरेका छन् ।  बेलायती पत्रिका ‘दि सन्’सँगको मुद्दा हारेयता जोनी डेप पहिलो पल्ट मिडियामा देखिएका हुन् । उनलाई पत्रिकाले ‘श्रीमति कुटुवा’ नाम दिई समाचार छापेको थियो ।


उनले पत्रिकाविरुद्ध मुद्दा हालेको मुद्दा अदालतले हराइदिएको थियो ।  यही विवाद चलिरहँदा उनले ‘फेन्टास्टिक बिट’ पनि गुमाउनु परेको थियो । एमजीएमले यो फिल्मबाट जोनीलाई निकालेर अरुलाई नै हिरो लिएको छ । प्रदर्शन रोकिएको ‘मिनामाटा’ पनि एमजीएमले नै रोकेको हो । 
 


Author

थप समाचार
x