‘माइली’ निर्माता भिम रानाको निधन
काठमाडौँ : फिल्म ‘माइली’का निर्माता भिम रानाको मंगलबार बिहान निधन भएको छ । ५८ वर्षका रानाले छायाँकारको रुपमा थुप्रै फिल्ममा काम गरेका छन् ।
चलचित्र विकास कम्पनी बालाजुका सञ्चालकसमेत रहेका रानाले ‘माया प्रीति’ को ‘मान्छे पुग्यो जूनमा’ रवीन्द्र खड्कासँगै अभिनय गरेको प्रकाश सायमीले उल्लेख गरेका छन् ।
‘माइली’लाई नेपालमै प्राविधिक काम सम्पन्न गरेको सिनेमास्कोप चलचित्र मानिन्छ । ‘बाँझो खेतमा’ बोलको गीतका कारण चर्चित रहेको फिल्ममा राजेश हमाल, विपना थापा, निरुता सिंह आदि कलाकारको अभिनय रहेको थियो ।
उनले ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’ , ‘राज्य’ जस्ता फिल्ममा छायांकारको रुपमा काम गरेका थिए । यही साल मात्र उद्योगले थप तीन छायांकार गुमाएको थियो । यही साल मात्र वैकुण्ठ मास्के, जावेद शाह र रामशंकर प्रधान पनि बितेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया