कला

अनमोल ‘एक्स ९’मा, निर्देशक सिमोस ‘रोडिज’मा , के अब ‘पारस’ बन्दैन ?

इकागज |
भदौ १, २०७८ मंगलबार १३:३० बजे

काठमाडौँ :  अनमोल केसीले खेल्ने र भुवन केसीले बनाउने भनेर घोषणा भएको ‘पारस’ले कसैगरे पनि फ्लोरमा जाने संयोग जुराउन सकेको छैन । लामो समयदेखि बन्ने मात्र होइन फ्लोरमा जाने भनेर गीत र हिरोइनसमेत फाइनल थिए, यो फिल्मको । तर कहिले महामारी त कहिले फिल्मकै तयारी फ्लोरमा जाने कुरामा बाधक बने ।

हेर्दा हेर्दै यो फिल्मको गति रात रहे अग्राख पलाउँछ भने जस्तै भएको छ । भनेको बेलामा फ्लोरमा नगएपछि यो फिल्मका मुख्य दुई हस्ती दायाँबायाँ लागेका छन् । 
सबैभन्दा पहिला फिल्मका मुख्य हिरो अनमोल केसीले अर्कै ब्यानरको फिल्म साइन गरेका छन् ।


अघिल्लो हप्ता मात्र उनले मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स ९’ साइन गरेका थिए । यो लगत्तै ‘पारस’ निर्देशन गर्ने भनिएका सिमोस सुनुवारले पनि ‘रोडिज’को चौथो सिजनमा निर्देशनको रुपमा काम गर्ने घोषणा भएको थियो । 

के अब ‘पारस’ अफिसियल्ली नबने भएको हो ? निर्माता भुवन केसीले अरु कारणले भन्दा पनि महामारीका कारण ‘पारस’को निर्माण रोकिएको र स्थिति अनुकुल हुने बित्तिकै सुटिङ हुने जानकारी गराए । 

‘ बन्न त बनिहाल्छ नी । तर महामारीमै त कसरी सुटिङमा निस्कनु । सुटिङमा गएर बनेर तयार भए पनि कहाँ चलाउनु ?’ केसीले भने ‘ हल खुल्ने वातावरण बन्यो भने दसैँअघि नै पनि हामी फ्लोरमा जान सक्छौँ ।’

े अनमोलले सम्झौता गरेको ‘एक्स ९’ जनवरी अर्थात पुसको पहिलो साताबाट मात्र फ्लोरमा जाने भएकाले आफूहरूसँग अझै ४ महिना समय रहेको निर्माता केसीको भनाइ छ । उनले हल खुल्ने वातावरण बने काजल फिल्मस्को ब्यानरमा नयाँ फिल्म बन्न सक्ने पनि संकेत गरे । केसीका अनुसार यो फिल्ममा अनमोल नरहन सक्ने सम्भावना प्रबल छ । 


Author

थप समाचार
x