अनेसासको आधिकारिक गीत छान्न गीत प्रतियोगिता
काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले 'अनेसास गान' को रुपमा प्रयोगमा ल्याइने आधिकारिक गीत चयन गर्नका लागि सार्वजनिक रूपमा गीत (अनेसास गान) आह्वान गरेको छ । संस्था ३० वर्ष पुगेको अवसरमा संस्थाका लागि आधिकारिक गीतको आवश्यकता महसुस गरी सार्वजनिक रूपमा आव्हान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'गीत छनौट कार्यविधि अनुरूप छनौटमा परेको सर्वोत्कृष्ट एउटा गीतलाई अनेसास गानको रूपमा प्रयोगमा ल्याइने छ । ' संस्थाका अध्यक्ष प्रकाश पौडेल माइलाले भने , 'जसलाई रेकर्डिङ्ग गर्नुको साथै आधिकारिक म्युजिक भिडियोसमेत प्रसारण गरिनेछ । साथै, प्राप्त गीतहरूमध्येबाट निर्णायकहरूले उत्कृष्ट ठहर्याएका गीतहरूको सङ्गालो पुस्तकाकारको रूपमा समेत प्रकाशित गरिनेछ ।'
गीत पठाउने अन्तिम मिति सन् २०२१, सेप्टेम्बर ३० सम्म तोकिएको छ । सर्जकले आफूले रचना गरेको गीत मेल [email protected] मार्फत पठाउनुपर्ने छ । रचना पठाउँदा सजर्कले पूरा नाम, ठेगाना तथा सम्पर्क नम्बर पनि उल्लेख गर्नु पर्नेछ । प्रतियोगिताको लागि प्राप्तमध्ये उत्कृष्ट १० भित्र पर्ने गीतकारलाई 'अनेसास गीत सम्मान' द्वारा सम्मान पनि गरिने छ । सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरमा पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्य रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया