कला

मलामी गएको लुगा लिलामीमा राखेपछि दीपिकाको आलोचना

इकागज |
भदौ ३, २०७८ बिहीबार १२:४१ बजे

मुम्बई :  दीपिका पादुकोनले सन् २००५ मा ‘ओम शान्ति ओम’बाट डेब्यु गरेयता फिल्ममा असफल हुनु परेको छैन । एकपछि अर्को फिल्मबाट उचाइ छोएकी छिन् । तर, जतिबेला उनी भटाभट हिट फिल्म दिइरहेकी थिइन् त्यहीबेला दीपिका डिप्रेसनको पनि रोगी बनिन् ।

सन् १०१५ मा दीपिका यो रोगबाट धेरथोर मुक्त भइन् । त्यसपछि उनले आफू जस्तै थाहै नपाई मानसिक बिरामी हुने मान्छेका लागि काम गर्ने भन्दै ‘दि लिभ लभ लाफ फाउन्डेसन’ खोलिन् । दीपिकाले यसको खर्च जुटाउन बेलाबेलामा लिलामी गर्ने गरेकी छिन् ।


यसका लागि कहिले के बेच्न राख्छिन् त कहिले के ? कहिलेकाहीँ चाहिँ आफैंले प्रयोग गरेको लुगा पनि लिलामीमा राख्ने गरेकी छिन् । तर यो पालि राखेको लुगाले भने दीपिकाको सातो खाएको छ । लिलामीमा आफ्ना सामान राख्ने क्रममा उनले मलामी गएका लुगा पनि राखेपछि धेरैले उनको आलोचना गरेका हुन् । 

दीपिकाले यो पटक राखेको लिलामीमा दुई जोर लुगा यस्ता परेछन् जुन उनले मलामी जाँदा लगाएकी थिइन् । यसमा एउटा लुगा आत्महत्या गरेकी जिया खानको मलामी जाँदा लगाएको लुगा परेछ भने अर्को प्रियंका कार्कीको बुबा बितेको समयको । दुवै समयमा उनले सेता लुगा लगाएकी थिइन् । 


Author

थप समाचार
x