कला

अमिताभको नाति र शाहरुख र श्रीदेवीका छोरी लन्च गर्दै जोया अख्तर

इकागज |
भदौ ३, २०७८ बिहीबार १३:२० बजे

मुम्बई : ‘गली ब्वाई’ निर्देशक जोया अख्तरले एक साथ तीन ‘स्टार किड’लाई डेब्यु गराउने भएकी छिन् । जोयाले अमिताभ बच्चनको नाति अगस्त्य नन्दा, शाहरुखको छोरी सुहाना खान र श्रीदेवीकी कान्छी छोरी खुशी कपुरलाई एक साथ फिल्म खेलाउन लागेकी हुन् ।

उनले आर्ची कमिक्समा आधारित रहेर बन्न लागेका सिरिजमा तीनै जनालाई खेलाउन लागेका हुन् । जोयाले बनाउन लागेको यो सिरिज नेटफ्लिक्समा आउनेछ ।
कलाकारका सन्तानले डेब्यु गर्दा सामान्यतया ठूला ब्यानरका फिचर फिल्मबाट डेब्यु गर्ने गरेका थिए । तर, पहिलो पल्ट उनीहरूले डिजिटल प्लेटफर्मबाट डेब्यु गर्न लागेका हुन् । 


सिरिजमा सुहाना र खुशीले बेट्टी र भेरोनिकाको भूमिका निर्वाह गर्ने चर्चा छ । तर, जोया स्वयंले यसबारे केही बोलेकी छैनन् । तीनैजनाले अहिले धमाधम तयारी थालेको पिंकभिल्लाले समाचार लेखेको छ । 


Author

थप समाचार
x