कला

महामारीकाे सेरोफेरोमा 'अ ग्लास अफ ह्याप्पिनेस'

इकागज |
भदौ ३, २०७८ बिहीबार १४:१६ बजे

काठमाडौं :  कोरोना भाइरस संक्रमणको जोखिम कारण लगाइएको निषेधाज्ञाको समयमा विभिन्न व्यक्तिको अनुभवलाई समावेश गरेर वेब सिरिज 'अ ग्लास अफ ह्याप्पिनेस ' निर्माण गरिएको छ।

छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज कुल ४ भागमा छ। सुदीप बरालका अनुसार उनले विषयवस्तु बलियो भएका कारण यो वेब सिरिज निर्माण गरेका हुन् ।


बरालले यो वेब सिरिजले नेपाली फिल्मको ग्लोबल प्लेटफर्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गर्दै सिरिज भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय एप तथा वेब सर्भरहरुमा आगामी साताबाट हेर्न सकिने तर युट्युबमा अपलोड नहुने प्रष्ट्याए।

उक्त वेब सिरिजमा लकडाउनमा फसेका नव विवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरु गरी तीन फरक फरक कथा समावेश गरिएको यसको लेखन र निर्देशन समूहले  जनाएका छन्। ‘वेब सिरिजमा लकडाउनका समयमा फसेका तीन फरक फरक जोडीको कथा व्यथा समेटिएको छ। उनीहरुमध्ये लकडाउनमा कसैको राम्रो अनुभव हुन्छ भने कसैको नराम्रो एक्सपिरियन्स हुन्छ’ सिरीजका लेखक तथा निर्देशकमध्येका सुदिप भजेल भन्छन् ।

 निषेधाज्ञाका कारण मानिसको जीवन र सम्बन्धमा आएको विभिन्न परिस्थिति र परिवर्तनलाई विषय बनाएर वेब सिरिज निर्माण भएको सुदीपले बताए। ‘हामी पहिलेदेखि नै फिल्म, डकुमेन्ट्री तथा वेब सिरिज बनाउँदै आएका थियौँ र अर्को सिरिज बनाउने सोच राख्दै गर्दा कोरोना जोखिमका कारण पहिलो चरणको लकडाउन भएपछि यहि विषयमा मानिसको भोगाइलाई फन्नी र इम्प्रेसिङ तरिकाले कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सोच्दै गर्दा आफ्नो वरिपरीको सर्कल र अलिअलि आफ्नो पनि भोगाइ मिसाएर मिनी सिरिज बनाउने प्लान बन्यो। सोही अनुरुप यो प्रोजेक्ट तयार भएको हो’ उनले भने ।

उक्त वेब सिरिजमा कलाकारहरु मेनु्का प्रधान, रञ्जना भट्टराई, अनु दहाल, निकिता आचार्य, गौरव विष्ट, सु्दीप भजु, विकास न्यौपानेको अभिनय रहेका छ भने उज्वल बास्ताकोटीको छायांकन रहेको छ ।

२०१० मा अस्कर ईन्टरनेशनल कलेजमा अध्ययन गर्ने क्रममा सुरु भएको सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यले त्यही समयदेखि नै कला क्षेत्रमा सहकार्य गर्दै आइरहेका थिए। हामी तीनजना सुरुदेखि नै जुनसुकै काममा सँगै सहभागी हुँदै आईरहेका छौँ’ विकास भन्छन् ।

कलेजमा सुरु भएको उनीहरुबीचको दोस्ती करियरसम्म पनि जोडिएको छ। यी तीनजनाले बनाएको सर्ट फिल्म न्यू रिक्विडले नेपाली सेनाले प्रत्येक वर्ष आयोजना गर्दै आएको लघु फिल्म फेस्टिभलमा २०११ र २०१४ मा शुभारम्भबाट प्रथम पुरस्कार जितेको थियो। उनीहरुले नै २०१५ मा बनाएको सिमलको भुवाजस्तै नामक सर्ट मुभि विभिन्न फेस्टिभलमा सहभागी भएको थियो भने उनीहरुले २०१७ मा तयार पारेको अर्को सर्ट फिल्म लक्ष्मनीया १९ वटा फिल्म फेस्टिभलमा सहभागी भएको थियो र २/३ ओटा अवार्ड पनि जितेको थियो।

  यसभन्दा अघि थुप्रै फिचर फिल्ममा सहनिर्देशकको रुपमा काम गरिसकेका सुदीप, विकास र संजीवले रियालीटी शोहरु हिमालय रोडीजको तीन भागसम्म सह निर्देशक र एपिसोड निर्माता तथा को बन्छ करोडपतिमा सुदीपले सह निर्देशक एवं विकास र संजीवले एपिसोड निर्माताको रुपमा काम गरेका थिए। अ ग्लास अफ ह्याप्पिनेस ' मा किशोरराज खाँण सहनिर्माता रहेका छन् भने यो बेब सिरिजको प्रवद्र्धन ओएसआर डिजिटलले गरेको छ ।

 

 

 

 


Author

थप समाचार
x