कला

राष्ट्रकवि माधव घिमिरेको अप्रकाशित कविता, उनकै हस्ताक्षरमा

माधवप्रसाद घिमिरे |
भदौ ३, २०७८ बिहीबार १५:१८ बजे

केतुं कृण्‍वन्‍नकेतवे 

पेशो मर्या अपेशसे 


समुषद्भिरजायथा: (ऋग्वेद-१ मं.६ सु.३ मन्त्र)

जन्मन्छु जन्मन्छु म नित्य प्रात

जीवन्त ज्योतिर्मय देशबाट

00

यहाँ अँध्यारो छ यहाँ छ शून्य 

अस्तित्वको केही पनि छैन चिन्ह 

म अन्धकारै पनि मथ्छु मथ्छु

र शून्यमै सुन्दर सृष्टि रच्छु

00

म हातमा मिर्‌मिर रश्मि लिन्छु

आकार सप्नाहरूलाइ दिन्छु

यहाँ निभेको अनुहार कोही

मुस्कन्छ मेरै मुसकान छोई 

00

जाज्वल्यता जीवनलाइ दिन्छु

कुनै नयाँ चिन्तन ल्याइदिन्छु

म सूर्य हूँ, होइन खालि मर्त्य

मैले नहेरे सब सृष्टि व्यर्थ

 

भावविस्तारः माधव घिमिरे/राष्ट्रकवि

राष्ट्रकवि  पुत्र राजीव घिमिरेबाट


Author

थप समाचार
x