कला

अश्विनको ‘बत्तीमुनि उज्यालो’ बजारमा

इकागज |
मंसिर २३, २०७७ मंगलबार १८:२१ बजे

काठमाडौं :  बैंकर अश्विन कुमार पुडासैनीको ‘बत्तीमुनि उज्यालो : नयाँ नेपाल डक्ट्रिन’ सार्वजनिक भएको छ । लेखकले पुस्तकमा समाज र संस्कृति, अर्थ र व्यवस्थापन तथा राजनीति र कूटनीतिसँग सम्बन्धित विषयलाई पुस्तकमा समेटेका छन् । तीन खण्डमा विभाजित पुस्तकमा उनले धर्म संस्कृतिका सामान्य कुरा देखि विदेश नीतिका विभिन्न आयाममाथि आफ्नो विचार प्रकट गरेका छन् ।

६२ शीर्षकमा फैलिएका उनका विचारले समृद्धि र सफलताका निम्ति महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका छन् । पुस्तकले संस्कृति, मानवशास्त्र, आर्थिक तथा मौद्रिक क्षेत्रका अनेकन सवालमा आफ्नो विचार प्रस्तुत गरेको छ । पुस्तकमा समावेश धेरै विचार सादृश्य डटकममा उनले लेख्ने स्तम्भको परिमार्जित संस्करण भएको लेखकले बताएका छन् । लेखक पुडासैनी पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेका सल्लाहकार समेत हुन् । तीन सय ४४ पृष्ठको पुस्तकको मूल्य ४ सय २५ रहेको छ । पुस्तकलाई देउराली प्रकाशनले बजारमा ल्याएको हो । 



Author

थप समाचार
x