कला

सेलेना भन्छिन्– संगीत छाड्नेबारे सोचेको पनि छैन

इकागज |
भदौ ७, २०७८ सोमबार १२:८ बजे

लसएन्जल्स :  गायक तथा अभिनेत्री सेलेना गोमेजले संगीत छाड्ने आफ्नो कुनै योजना नरहेको बताएकी छिन् । उनले केही समयअघि भने उनले फिल्म र प्रडक्सनको काममा ध्यान केन्द्रित गर्न संगीत छाड्न पनि सक्ने अभिव्यक्ति दिएकी थिइन् । 

‘संगीत बनाउने कुरा छाड्ने बारेमा सोच्न पनि सक्दिन । मलाई ग्रामी चाहिएको छैन । मलाई राम्रो लागेको काम गर्न पाउँ, बस यत्ति भए पुग्छ,’ उनले भनेकी छिन् । 
गोमेजले वर्षको सुरुमै पहिलो प्लट स्पेनिस भाषामा गीत गाएकी थिइन् जुन कठिन रहेको उनको भनाइ थियो । 


‘बोल्नुभन्दा गीत गाउन धेरै गाह्रो रैछ । कतै मलाई सही उच्चारण गर्न नजानेर मूर्ख नदेखियोस् भनेर खुब सचेत थिएँ म । यसका लागि धेरै मेहनत गर्नुपर्यो,’ सेलेनाले एली पत्रिकासँगको कुराकानीमा भनेकी छिन् । सेलेनाले भर्खर बोली फेरे पनि केही समय अघि भने संगीतमा आफूलाई मानिसहरूले गम्भीरतापूर्वक लिन छाडेको आभाष भएको भन्दै गायनबाट सन्यास लिन मन बनाइरहेको बताएकी थिइन् । 


Author

थप समाचार
x