कला

किरण र समी ‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर’

इकागज |
भदौ ७, २०७८ सोमबार १५:३६ बजे

काठमाडौँ- मिस्टर एण्ड मिस ब्लाइन्ड रकर सिजन–३ सम्पन्‍न भएको छ । काठमाडौंका किरण दाहाल मिस्टर ब्लाइन्ड रकर बनेका छन् । बमबहादुर विक फस्ट रनर अप र कुशल न्यौपानेले सेकेन्ड रनर भएका छन् । 

मिस ब्लाइन्ड रकरको उपाधि भने इलामकी समी लावतीले हात पारेकी छिन् । श्रृति रानामगर फस्ट रनर अप र रोजिना पोखरेलले सेकेन्ड रनरअप भएकी छिन् । 
विजेताले नगद १५ हजार उपहार प्राप्त गरेका छन् । फस्ट रनरअपले १० र सेकेन्ड रनर अपले ५ हजार प्राप्त गरेका छन् । 


डा. विरेन्द्रराज पोखरेल, संचारकर्मी माल्भिका सुब्बा र प्रशान्त ताम्राकार निर्णायक रहेको कार्यक्रमलाई ब्लाइन्ड रक्स नामक संस्थाले आयोजना गरेको हो । ‘हामीले दिष्टिबिहीनहरूलाई समाजमा स्थापित गरी उनीरूभित्र लुकेको प्रतिभालाई उजागर गर्ने यो सानो प्रयास हो’ संस्थाकी अध्यक्ष सृष्टि केसीले भनिन् । 


Author

थप समाचार
x