कला

पुस्तकमा महिला आन्दोलनको इतिहास

इकागज |
मंसिर २४, २०७७ बुधबार ११:२५ बजे

काठमाडोैं : महिला सुरक्षा दबाब समूहद्धारा प्रकाशित ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी’ नामक पुस्तक एक समारोहका बीच लोकार्पण भएको छ । लेखन कुञ्ज नयाँ बानेश्वरमा भएको कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ , नेपाली काग्रेस संसद्धीय दलका सचेतक पुष्पा भुसाल , पूर्व  मन्त्री एवं जनता समाजवादीकी नेतृ हिसिला यमी , महिला  सुरक्षा दबाब समूहकी अध्यक्ष सावित्री जंगम थापा , उपाध्यक्ष कल्याणी शाह  , गोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल , वरिष्ठ पत्रकार एवं पुस्तकका सम्पादक टंक पन्तले सामूहिक रुपमा लोकार्पण गरेका हुन् । 

गोस्ट राइटिङ नेपालले  प्रकाशन गरेको पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । राजनीति , सामाजिक , महिला अधिकार तथा विकास , प्रशासन र कानुन , शान्ति र सुरक्षा , आर्थिक विकास , स्वास्थ्य र शिक्षा , धर्म संस्कृति र साहित्य , संचार,  ट्रेड युनियन , संगीत र कला , खेलकुद र इतिहासका बिषयमा थुप्रै बिद्धानहरूले रचना लेखेका छन । कार्यक्रममा बोल्दै नेतृ हिसिला यमीले अब नेपालमा महिला चाँडै प्रधानमन्त्री हुने बताइन् । 


कार्यक्रममा बोल्दै अर्का नेतृ शशी श्रेष्ठले नेपाली महिलाको एक शताब्दीको आन्दोलनको पुस्तक आएकोमा खुशी व्यक्त गर्दै संघर्षको मैदानमा अझै महिलाहरू रहिरहेकोले महिला अधिकार र आन्दोलन अनि दबाब अझै कायम गर्नु पर्ने बताइन् ।  अर्का नेतृ पुष्पा भुषालले समाज नयाँ तरिकाले बन्दै गएकोले नेपाली महिला तदनुरुप परिचालित हुनु आजको आवश्यकता रहेको बताइन् । कार्यक्रममा लेखन कुन्जका अध्यक्ष एवम् प्रकाशन व्यवस्थापनका तर्फबाट बोल्दै कमल ढकालले नेपाली महिला र संसारमा भएको महिलाको फरक औंल्याएका थिए ।  

 


Author

थप समाचार
x