कला

छोराको चाहनामा प्रकाशराजको विवाह

इकागज |
भदौ १०, २०७८ बिहीबार १०:५९ बजे

मुम्बई :  दक्षिण भारतका कलाकार प्रकाशराजको दुई दिनअघि विवाहको तस्बिर भाइरल भयो । ५६ वर्षको उमेरमा उनले फेरि विवाह गरेको भन्दै चारैतिर समाचार आए । सामाजिक सञ्जालमा त बुढेसकालमा विवाह गरेको भन्दै उनको चर्को आलोचना नै भयो ।

यसरी सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि भने प्रकाशराजले स्पष्टिकरण दिए । यो स्पष्टिकरणले उनले आफ्नै श्रीमतीसँग विवाह गरेको भन्ने मात्र स्पष्ट पारेन, पुनः विवाह छोराको करको कारणले पनि भएको बताए । 


प्रकाशराजले पोनी बर्मासँग दस वर्षअघि दोस्रो विवाह गरेका थिए । विवाह गरेको ५ वर्षपछि दुवैबाट एक छोराको जन्म भएको छ । प्रकाशराजका अनुसार ७ वर्षीय छोराले विवाह हेर्न कर गरेपछि छोरालाई देखाउन उनीहरूले फेरि विवाह गरेका थिए ।

तर, कतिले यो कुरा नबुझेपछि प्रकाशराजलाई गाली गरेका थिए । प्रकाशराजको विवाहले मिम बनाउने र ट्रोल गर्नेलाई भने खुराक मिलेको छ । ट्रोलरहरू प्रकाशराजले फेरि विवाह गरेर सलमान खानको मजाक उडाएको भन्दै मिमको बाढी लगाएका छन् । 


Author

थप समाचार
x