कला

‘डाँडाको बरपीपल’मा भुवन केसी अतिथि मात्र

इकागज |
भदौ ११, २०७८ शुक्रबार १२:३७ बजे

काठमााडौं :  केही दिनयता निर्देशक शोभित बस्नेतले पहिलो पुस्ताका हिरो शिव श्रेष्ठ र भुवन केसीलाई लिएर फिल्म बनाउन लागेको समाचार व्यापक छ । १६ वर्षअघि शोभितले नै दुवैलाई ‘राजु राजा राम’मा निर्देशन गरेका थिए ।

१६ वर्षपछि दुवै अभिनय गर्न लागेको भन्दै राम्रै चर्चा भएको छ । तर, भुवन केसी स्वयंले भने आफू फिल्ममा अतिथि भूमिकामा मात्र देखिन लागेको जनाएका छन् । 
‘शोभितसँग मेरो पहिलेदेखि कै विशेष सम्बन्ध छ । यही कारण उसलाई हार्न नसकेर हुन्छ भनेको हुँ । मुस्किलले ५ दिनको काम छ,’ उनले भने, ‘अहिले एएटा गीत पनि थपेको छु भनेको छ । त म गेस्ट रोलमा नै हो । शिवजी मात्र सुरुदेखि अन्तसम्म हुनुहुन्छ ।’


यो फिल्मको सुटिङ मकवानपुरको दामनबाट सुरु भइसकेको छ । केही दिनअघि मात्र फिल्मको सुटिङका तस्बिरसमेत सार्वजनिक भइसकेको छन् । तस्बिरमा सलोन बस्नेत, रुबिना थापा र शिव श्रेष्ठ देखिएका छन् । फिल्ममा गौरी मल्ल पनि महत्वपूर्ण भूमिकामा रहने निर्माण टिमले जनाएको छ । 

यो फिल्मलाई बूढासुब्बा डिजिटलले निर्माण गरेको हो । बूढासुब्बाले यसअघि डिजिटल प्लेटफर्ममा मात्र रिलिज गर्ने गरी ‘लक्ष्मीपूजा’ पनि निर्माण गरेको थियो । 


Author

थप समाचार
x