कला

इतिहासमै पहिलो पल्ट फिल्म फेस्टिभलमा छानियो जेम्स बन्ड

इकागज |
भदौ १२, २०७८ शनिबार १२:४९ बजे

लसएन्जल्स : जेम्स बन्ड सिरिजका फिल्मको बक्स अफिस सफलता लगभग सुनिश्चित जस्तै हुन्छ । आजसम्म कुनै पनि फिल्मले घाटा खाएको समाचार सुनिएको छैन । तर, सँगसँगै यसको अर्को रेकर्ड पनि छ र त्यो हो, यो सिरिजका फिल्म आजसम्म कुनै पनि फिल्म फेस्टिभलमा छानिएका छैनन् । तर यो सिरिजको २५ औं फिल्मले यो परम्परा तोडेको छ । 

बन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ भने इतिहासमा पहिलो अपवाद बन्ने भएको छ । यो फिल्म पहिलो पल्ट फिल्म फेस्टिभलमा छानिएको छ । डेनियल क्रेगको बिदाइ फिल्मको रुपमा रहेको ‘नो टाइम टु डाई’ स्विजरल्यान्डको जुरिज फिल्म फेस्टिभलमा छानिएको छ । यो फिल्म जुरिच फिल्म फेस्टिभलमा २८ सेम्टेम्बरमा प्रदर्शन हुने फेस्टिभलका निर्देशकले जनाएका छन् । 


यो फिल्मको वल्र्ड प्रिमियर पनि सोही दिन लन्डनमा हुँदैछ । यसको दुई दिनपछि भने यो फिल्म लन्डन र आयरल्यान्डमा प्रदर्शन हुँदैछ । अमेरिकामा भने यो फिल्मले अक्टोबर ८ देखि प्रदर्शन थाल्दैछ । 

जुरिच फिल्म फेस्टिभल भने सेप्टेम्बर २३ देखि सुरु भएर अक्टोबर ३ सम्म चल्नेछ । फेस्टिभल तालिबानले कब्जा गरेको मानिसको कथामा निर्माण भएको ‘टुमरो वि विल बी डेड’ फिल्मसँगै सुरु हुनेछ भने फेस्टिभलको समापन वेड एन्डरसनको फिल्म ‘फ्रेन्च डिस्प्याच’सँगै हुनेछ । 


Author

थप समाचार
x