Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कला

यी हुन्- २०२० का १० उत्कृष्ट भारतीय सिरिज

इकागज |
मंसिर २५, २०७७ बिहीबार १२:५२ बजे

मुम्बई : आइएमडीबीमा सबैभन्दा धेरै रेटिङ पाउने वेब सिरिजमा ‘स्क्याम १९९२ ः हर्षस मेहता स्टोरी’ले बाजी मारेको छ । वर्षभरी रिलिज भएका वेब सिरिजमध्ये ‘स्क्याम..’ले ९.५ रेटिङ पाएको थियो । हंसल मेहताले निर्देशन गरेको सिरिजले उस समयका प्रधानमन्त्री पीभी नरसिंह रावसमेत संलग्न भएको सेयर बजार घोटालाको कथा प्रस्तुत गर्छ । सत्यकथामा आधारित वेबसिरिज सुचेता दलालको पुस्तकमा आधारित थियो । 

वर्षको अन्तिम महिना चलिरहँदा आइएमडिबीले धेरै रेटिङ पाउने वेब सिरिजको सूची सार्वजनिक गरेको हो । सूचीको दोस्रो स्थानमा  ‘पञ्चायत’ले ठाउँ पाएको छ । जितेन्द्रकुमार अभिनित सिरिजमा उनले सरकारी नियुक्ति पाएर गाउँ पञ्चायतम नियुक्ति पाएको युवकको भूमिका निर्वाह गरेका छन् । सूचीमो तेस्रो स्थानमा ‘स्पेसल उप्स’ रहेको छ । ‘बेबी’ तथा ‘स्पेसल छब्बिस’ जस्ता फिल्मका निर्देशक नीरज पाण्डेको डिजिटल डेब्यु रहेको फिल्म ‘स्पाइ थ्रिलर’ हो । 


सांगीतिक कथामा निर्माण भएको ‘बन्दिस ब्यान्डिट्स’ सूचीको चौथो स्थानमा अटाउन सफल भएको छ । निकै हल्ला खल्ला भएको ‘मिर्जापुर’को दोस्रो सिजन भने पाँचौं स्थानमा खुम्चेको छ ।आइएमडीबीका सिइओ नील निधमले सूची सार्वजनिक गरेसँगै यो साल भारतमा वेब सिरिज हेर्ने दर्शक संख्यामा उल्लेख्य वृद्धि भएको आंकडा प्रस्तुत गरेका छन् । उनका अनुसार महामारीका कारण पनि दर्शक यतातिर आकर्षित भएका हुन् । उनले भारतभरका सिरिजको रेटिङमा पहिलो स्थान ओगटेको ‘स्क्याम..’ विश्वभरका वेब सिरिजको रेटिङमा २ सय ५० भित्र पर्न सफल भएको पनि खुलासा गरेका छन् ।

 प्रयोगकर्ताले मन पराएर गरेको रेटिङले भुटमा रिलिज भएको ‘असुर’लाई छेटौं स्थानमा ल्याइपुर्याएको छ । फिल्ममा अरसद वारसी र बरुण सोबतीले अभिनय गरेका थिए । नेपालीमूलका महिलालाई वेश्याको रुपमा सामान्यीकरण गरेको आरोप खेपेको ‘पाताललोक’ सातौ स्थानमा खुम्चिएको छ । अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको सिरिजलाई धेरैले उत्कृष्ट लेखनको उदाहरणको रुपमा व्याख्या गरेका थिए । म्याक्स प्लेयरले प्रसारण गरेको ‘हाइ’ले  आठौं स्थान कब्जा गरेका छ भने कुनाल खेमु अभिनित ‘अभय’ नवौं स्थानमा छ । सुष्मिता सेन एक दशक पछि अभिनयमा फर्किएको ‘आर्या’ दसौं स्थानमा  छ । सुष्मिताले यही सिरिजसँगै डिजिटलमा पनि डेब्यु गरेकी थिइन् । 


Author

थप समाचार
x