कला

मेरा पिकमा फिन्जोकको डिजेइङ

इकागज |
मंसिर २५, २०७७ बिहीबार १५:२७ बजे

काठमाडौं: डिजे फिन्चोकले नेपालको सबैभन्दा उचाइमा रहेको ट्रेकिङ पिकमा डिजेइङ गरेका छन् । उनले गत अक्टोबर ६मा  ६ हजार ४ सय ७६ मिटर उचाइमा रहेको पिकमा कार्यक्रम गरेका हुन् । डिजे फिन्जोकले संगीतलाई हिमालसँग जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताए ।

‘ म्युजिकलाई माउन्टेनसँग जोडुँ भन्ने लागेर यसरी कार्यक्रम गरेका हौं । आधा घण्टाजति कार्यक्रम गरेका थियौं,’ डिजे फिन्जोकले भने । उनले आफूहरूको गीत सुनेर स्थानीयले रमाइलो मानेको बताए । फिन्जोकले यो कार्यक्रमलाई गिनिज वल्र्ड रेकर्डमा पनि दाबी गरेका छन् । उनले यति उचाइमा रहेर आजसम्म पनि कसैले डिजेइङ नगरेकोले गिनिजले वल्र्डमा दर्ता हुने अपेक्षा राखेका छन् ।


अहिले गिनिजले उनीहरूले गरेको दाबीको अध्यय्न गरिरहेको छ । सन् २००८ देखि डिजेइङ गरिरहेका फिन्जोक ठमेलका क्लबहरूमा डिजेइङ गर्छन् । फिन्जोक लुक्लाका स्थायी बासिन्दा हुन् । विश्वको पहिला महिला आरोही पासाङ ल्हामु शेर्पा नाताले फिन्चोककी आन्टी हुन् । पासाङ पनि लुक्लाकै हुन् । 


Author

थप समाचार
x