आउँदो दसैँमा केकी र निराजनको ‘कहानी’
काठमाडौं : दर्जनौं म्युजिक भिडियोमा स्क्रिन सेयर गरेका केकी अधिकारी र निराजन प्रधानले पहिलो पल्ट फिल्ममा सँगै देखिने भएका छन् । ‘कहानी तिम्रो मेरो’ शीर्षकमा बन्न लागेको फिल्ममा केकी र निराजनको जोडी देखिने निर्माण टिमले जनाएको छ । बिहीबार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मका मुख्य दुई कलाकार सार्वजनिक गरेको हो ।
फिल्मलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका विशालको यो दोस्रो फिल्म हो । फस्टलुक सार्वजनिक गरेसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । फिल्म आउँदो वर्षको दसैँमा सार्वजनिक हुनेछ । थ्री प्रडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा रुही भण्डारी निर्माता र राजकुमार घिमिरे सहायक निर्माताको रुपमा रहनेछन् ।
फिल्मकी प्रस्तुतकर्ता केकी अधिकारी हुन् । केही दिनअघि मात्र केकीले विशाल र रीमा विश्वकर्मासँग मिलेर डान्सिङ रियालिटी सो ‘डान्स मास्टर लिल च्याम्स’ घोषणा गरेकी थिइन् । योभन्दा अघि नै केकीले ‘बोक्सीको घर’ र ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन बनाउने घोषणा गरिसकेकी छिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया