कला

स्पेनिस सिरिज ‘मनी हाइस्ट’ हेर्न जयपुरमा कर्मचारीलाई छुट्टी

इकागज |
भदौ १५, २०७८ मंगलबार १३:२१ बजे

मुम्बई :  भारत र अरबमा रजनीकान्तको फिल्म रिलिज हुँदा कर्मचारीलाई छुट्टी दिएको कुरा सुनिएको थियो । तर, भारतको जयपुरको एउटा कम्पनीले भने नेटफ्क्लिसमा रिलिज हुने लागेको स्पेनिस सिरिज ‘मनी हाइस्ट’ ५ औं शृंखला हेर्नलाई कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । 

जयपुरको कम्पनी भर्भ लजिकले आफ्ना कर्मचारीलाई सेम्टेम्बर ३ मा बिदा दिने घोषणा गरेको छ । ‘मनी हाइस्ट’को अन्तिम शृंखला अन्तर्गतको पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुँदैछ । 


कम्पनीको सिईओ अभिषेक जैनले कहिलेकाहीँ छुट्टी लिनु राम्रो भएको बताउँदै कम्पनीमा बिदाका लागि कसैले झुटा बहाना नबनाउनु परोस् भन्दै यस्तो निर्णय गरेको बताएका छन् । 

दुई भागमा आउन लागेको सिरिजको पहिलो भाग सेप्टेम्बर ३ मा र दोस्रो भाग डिसेम्बर ३ मा सार्वजनिक हुँदैछ ।  ‘मनी हाइस्ट’ गैर अंग्रेजी भाषामा बनेको विश्वकै सबैभन्दा चर्चित सिरिज हो । स्पेनको एउटा टेलिभिजनमा प्रसारण भएको सिरिज नेटफ्लिक्सले लिएपछि विश्व चर्चित सिरिज बनेको थियो । 


Author

थप समाचार
x