कला

सिनेमा :  छायांकनलाई अनुमति, हलमा ५० प्रतिशत मात्र दर्शक

इकागज |
भदौ १८, २०७८ शुक्रबार १६:८ बजे

काठमाडौं :  सरकारले लामो समयदेखि बन्द रहेका हल खोल्ने निर्णय गरे पनि कसरी र कति मानिस राखेर चलाउने पाउने भन्ने निर्देशन दिएको थिएन । तर, सरकारले चलचित्रकर्मीसम्बन्धी संघसंस्थाका प्रतिनिधिलाई पनि साक्षी राख्दै हलमा ५० प्रतिशत दर्शक राखेर चलाउन पाउने निर्देशन दिएको छ । 

यसैगरी काठमाडौँ प्रमुख जिल्ला अधिकारीले सुटिङ पनि खुल्ला गर्ने निर्णय गरेको छ । तर सुटिङ पनि सरकारले २५ जनासम्मको मात्र क्रु राखेर गर्न सकिने उल्लेख गरेको छ । 


दोस्रो लकडाउन सुरु भएसँगै सरकारले रात्रिकालीन व्यवसायसँगै सिनेमा हल र सुटिङ पनि बन्द गर्ने निर्णय गरेको थियो । तर, सरकारले अनुमति नदिए पनि सुटिङका काम भने रोकिएका थिएनन् । सिनेमा हल खुले पनि हलवाला भने के चलाउने भन्ने दुविधामा छन् । हल चलाउन उनीहरू आन्तरिक छलफलमा रहेको बताइएको छ । 


Author

थप समाचार
x