कला

कोरियन फिल्ममेकर किम कि दुकको निधन

इकागज |
मंसिर २६, २०७७ शुक्रबार १७:३८ बजे

विश्वका महान फिल्ममेकर किम कि दुकको कोभिड १९ का कारण निधन भएको समाचार छ । गत नोभेम्बरदेखि लाटभियामा बसिरहेका किमको कोभिड १९ कारण निधन भएको त्यहाँका समाचारमाध्यमले जनाएका छन् । समाचार अनुसार किम कि दुक विगत १ महिनायता लाटभियाको समुन्द्री किनारमा घर किन्ने अभिप्रायले त्यहाँ बसिरहेका थिए । तर, रसियाका धेरै सञ्चारमाध्यमले अस्पतालले उनको निधनको औपचारिक रुपमा पुष्टि गरिनसकेको बताएका छन् । समाचारहरूमा शुक्रबार दिउँसो निधन भएको बताइएको छ । किम कि दुक ५९ वर्षका थिए । 

 एसियाका उत्कृष्ट फिल्ममेकर मानिने किम कि दुकले ६९ औं भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए भने ६१ औं संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए । बर्लिनमामा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए ।  ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’  ‘पियटा’ जस्ता फिल्मका निर्देशक किममाथि यौन हिंसा गरेको आरोप थियो । उनको अन्तिम फिल्म ‘डिजल्भ’ हो । 



Author

थप समाचार
x