राजेश हमालको ‘सत्यम्’ अपडेट : दसैँपछि वर्कसप, तिहारपछि सुटिङ
काठमाडौं : राजेश हमालको कमब्याक भनी प्रचारित फिल्म ‘सत्यम्’को सुटिङ तिहारपछि गर्ने यसका निर्माता तथा लेखक रेसम सापकोटाले जनाएका छन् । उनले दसैँपछि वर्कसप गर्ने र तिहारपछि सुटिङ गर्ने इकागजलाई बताए ।
उनले सुटिङका लागि सेट निर्माणको काम भने सुरु भइसकेको बताएका छन् । सापकोटाका अनुसार फिल्मको माथिल्लो मनाङ, मुस्ताङ, पोखरा तथा काठमाडौमा छायांकन हुनेछ । पोखरामा हुने छायांकनका लागि भने सेट तयार भइसकेको छ ।
चलचित्रका निर्देशक शंकर कार्कीका अनुसार यो सेटमा हेलिकोप्टर क्रयास हुने दृश्यदेखि ठूला भवनहरूको समेत दृश्यहरु छायांकन हुनेछन् । ‘मनाङ, मुस्ताङ, पोखराको आउटडोर दृश्यहरु तथा काठमाडौंका केही दृश्यबाहेक अन्य सबै सोही सेटमा छायांकन गर्दैछौं । हाम्रो लामो समयदेखिको तयारी यसकारण पनि चलिरहेको छ’, कार्कीले बताए ।
सत्यमकाे पाेखरास्थित सेट
सैबीच निर्माण टिमले देशका विभिन्न स्थानमा भएका अडिसनबाट छानिएका कलाकारको नाम सार्वजनिक गरेको छ । काठमाडौं र पोखरामा फिजिकल र भर्चुअल अडिसनबाट एक हजार जनाभन्दा बढीको अडिसन भएको थियो । काठमाडौंबाट बालकलाकारहरु प्रिन्स प्रसिद्द सिह थापा, नेरिस्का स्थापित र सुजन परियार छानिएका छन् ।
महिला कलाकाहरु अन्विसा खड्की, वेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् भने पुरुष कलाकारहरु प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाइली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपुर र मोख्तर खान छानिएका छन् ।
त्यस्तै, पोखराबाट अर्जुन सिं बोहरा, निश्चल विक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, ईश्वर के.सी., वरदान लोहनी, रिजेश थापा लगायतका छानिएका छन् ।
पोखरा र त्यस आसपासमा छायांकन बढी दिन हुने भएको कारण नाम उल्लख गरिएका बाहेक अन्य १५ जनालाई पनि मध्यम भूमिकाको लागि छनौट गरिएको निर्माण पक्षले जनाएको छ ।यो चलचित्रमा हमाल सत्यम्को शीर्ष भूमिकामा देखिनेछन् भने अनुप विक्रम शाही भिलेनको रुपमा रहनेछन् । फिल्ममा पल शाहको पनि अभिनय रहनेछ । फिल्ममा रहने दुई अभिनेत्रीको भने टुंगो लागिसकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया