कला

देखासिकीको कथामा लक्ष्मणको ‘गहना’

इकागज |
भदौ २४, २०७८ बिहीबार १२:९ बजे

काठमाडौं :  लक्ष्मण सुवेदीले सामाजिक विषय वस्तुमा निर्माण गरेको लघु चलचित्र ‘गहना’ सार्वजनिक भएको छ । आधा घन्टा लामो चलचित्रमा देखासिकीले निम्त्याउने पति पत्नीबीचको द्धन्द्ध र त्यसले सिर्जना गर्ने समस्यालाई प्रस्तुत गरिएको छ । 

चाडबाडको समयमा गहना र लुगाफाटोलाई लिएर हरेक घरमा सानोतिनो तनाव हुन्छ । तर श्रीमतीले घरको आर्थिक अवस्था नबुझी गहना र लुगाफाटोका लागि किचकिच गर्दा श्रीमान्ले कस्तोसम्म जोखिम मोल्ने अवस्था आउन सक्छ भन्ने कुरालाई फिल्मले प्रभावकारी रुपमा उतारेको छ । ‘गहना’लाई निर्देशक लक्ष्मण सुवेदीले तीन भागमा निर्माण गर्ने जनाएका छन् । 


फिल्ममा पति पत्नीको भूमिका नरेन खड्का र साया भण्डारीले निर्वाह गरेका छन् । फिल्ममा पुरन थापा पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्मको लेखन लक्ष्मण सुवेदी स्वयंले गरेका हुन् भने फिल्ममा छायांकन विमल ढकालको रहेको छ । ललितसिंह साउदले सम्पादन गरेको फिल्ममा विनोज भुजेलको पाश्र्व संगीत छ । फिल्मलाई दिलासा क्रिएसनको ब्यानरमा श्रीदेवी, दिलासा र सारा सुवेदी मिलेर निर्माण गरेका हुन् । 

 


Author

थप समाचार
x