‘जार’मा गीताञ्जली पाउन संघर्ष गर्दै सौगात र अनुप
काठमाडौं - इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जार’मा आधारित फिल्म सोही नामको फिल्मको टिजर सार्वजनिक भएको छ । सिक्किममा पूर्णतया सुटिङ गरिएको फिल्ममा गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाही मुख्य भूमिकामा रहेका छन् । टिजरमा गीताञ्जलीलाई पाउन संघर्ष गर्ने सौगात र अनुपको चरित्रलाई प्रस्तुत गरिएको छ ।
चलनचल्तीको भाषामा श्रीमतिको बूढोलाई ‘जार’ भनिन्छ र परापूर्व कालमा सरकारले श्रीमान्लाई जार काट्नसम्म अनुमति दिने गरेका उदाहरण पढ्न पाइन्छ । इन्द्रबहादुर राईले नेपालमा प्रचलनमा रहेको यही प्रथालाई लिएर लेखेको कथामा आधारित रहेर फुर्वा छिरिङ लामाले ‘जार’ बनाएका हुन् । टिजरले गीताञ्जली, सौगात र अनुपविक्रम शाहीबीचको द्वन्द्धलाई प्रस्तुत गरेको छ ।
‘लायर्स डायर्स’बाट राष्ट्रिय पुरस्कार जितेकी भारतीय मूलकी नेपाली गीताञ्जली थापाको यो पहिलो नेपाली फिल्म हो । यसअघि उनले ‘कथा’मा सानो भूमिकामा अभिनय गरेकी थिइन् । प्रवासबाट यो कथामा फिल्म बन्न लागेको दोस्रो पटक हो । यसअघि पनि चालिसको दसकमा दार्जिलिङबाट यही कथामा फिल्म बनेको छ । ‘एक ढाकर जीवन’ बनाएका छिङिकको यो पहिलो फिचर फिल्म हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया