कला

‘जातको प्रश्न’को दोस्रो सिजन चलाउन थपिए दयाहाङ राई र प्रकाश सपुत

इकागज |
भदौ २६, २०७८ शनिबार १५:१५ बजे

काठमाडौं -  टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’लाई  दोस्रो सिजनमा थप चार व्यक्तित्वले सञ्चालन गर्नेछन् । अघिल्लो साल कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रमलाई अभिनेता राजेश हमाल एक्लैले सञ्चालन गरेका थिए ।

कार्यक्रम निर्माता समता फाउन्डेसनले जनाएअनुसार दोस्रो सिजनलाई हमालबाहेक दयाहाङ राई, प्रकाश सपुत, मोहना अन्सारी र निष्मा चौधरीले सञ्चालन गर्नेछन् । मोहना अन्सारी मानव अधिकार आयोगकी सदस्य हुन् भने निष्मा सञ्चारकर्मी । समताका अनुसार दोस्रो सिजन १२ भागको हुनेछ र प्रत्येक सेलिब्रेटीले कम्तिमा दुई भाग सञ्चालन गर्नेछन् ।


अघिल्लो साल कार्यक्रमलाई लिएर थोरै विवाद पनि भएको थियो । यसलाई क्रिश्चियनको पैसा लिई हिन्दू धर्मविरुद्ध पैरवी गरेको भन्दै विवादमा तान्ने काम भएको थियो । दोस्रो सिजन अक्टोबर ६ देखि सुरु हुने समता फाउन्डेसनले जनाएको छ ।


Author

थप समाचार
x