भारतीलाई ‘सिन्धु-मित्र बालसाहित्य पुरस्कार’ प्रदान
सिन्धुपाल्चोक - लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।
नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला र पुरस्कारपत्रद्वारा सम्मान गरिएको हो । मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले सो पुरस्कार प्रदान गरेको हो । बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले भारतीलाई पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरे । ‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भने, – ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो ।’
कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ ।
कविता प्रतियोगितामा रायमाझी प्रथम
यस्तै कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित सालिक अनावरण, पार्क उद्घाटन एवम् पुरस्कार अर्पण कार्यक्रमको अवसरमा आयोजित खुला कविता प्रतियोगितामा नवराज रायमाझीले प्रथम स्थान हात पार्ने भएका छन् ।
प्रतियोगितामा सुष्मा तिमल्सिना द्वितीय, कृष्णप्रसाद धिताल‘धिताल चिरिच्याट्ट’ तृतीय, रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे । पुरस्कृत हुने कविहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया